Siraha Times
ताजा समाचार

कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता

  • मंसिर २८, २०८२
  • ६७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि १७ सदस्यि नगर कमिटी गठन गरिएको छ। उपाध्यक्षमा गीता उपाध्याय , रेनु ठाकुर , तुंग नाथ चौधरी  सचिवमा अखिलेश्वर पाण्डेय  सहसचिवमा श्यामलाल पासी , कोषाध्यक्षमा आनन्द तुल्सयान सदस्यमा राम केवल यादव, भगौती कोहार लगायत सत्रा सदस्यि कमिटी गठन भएको छ। 

प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया , राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, राम सेवक यादव, देवेन्द्र किरण श्रीवास्तव, कनिज फातिमा रंगरेज, जिल्ला उपाध्यक्ष इदरिस मुसलमान, आरती सिंह यादव, क्षेत्रीय उपाध्यक्ष प्रताप सिंह चौधरी, ३ ख अध्यक्ष सुरेंद्र प्रसाद मौर्य रहनुभयो ।

उक्त कार्यक्रममा वक्ता हरूले राष्ट्रीय प्रजातंत्र पार्टीको संगठन विस्तार गर्दै पार्टी लाई अझ सशक्त ढंग ले अगाडि बढाउनु पर्नेमा जोड दिए । उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकता लगायत अन्यको उपस्थित रहेको थियो  ।  राष्ट्रीय प्रजातंत्र पार्टीका कपिलवस्तु जिल्लाका सचिव प्रेम शंकर शुक्लाले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

शौचालय बनेपछि विद्या ...

लहान । विद्यालयमा सुरक्षित, सफा र प्रयोगयोग्य शौचालय निर्माण भएपछि किशोरी विद्यार्थीको विद्यालय जीवन ...

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१