Siraha Times
ताजा समाचार

राज्यमन्त्री मण्डलको गाउँ उज्यालो अभियानमा गाउ बासिलाई सोलार बत्ति

  • साउन १५, २०७६
  • १३०७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स साउन १५ । सिरहा प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको बिसुद्ध गाउँले परिबेश हो । यहाँका जनताहरु बिधुतिय उर्जामा निर्भर छन, जुन आफै आत्मनिर्भर हुन सकेको छैन । छिन छिनमा बत्ती कट्ने (लोडसेडिङ) प्रकोप जारी नै छ । नेबिप्राको अबस्था पनि हायलकायल छ । यहि आक्रान्त अबस्थाबाट थोरै भएपनि राहत स्वरुप मैले गाउँ उज्यालो अभियान थालनी गरेको छु । पहिलो चरणमा गाउँको चौक चौराहा, हटिया र सार्वजनिक स्थलहरु उज्यालो पार्ने सोंचका साथ टोलटोलमा पर्नेगरी जम्मा ३७ स्थानमा बैकल्पिक उर्जा (सोलार बत्ती) जडान गरेको छु । साँझमा आफै बल्ने र बिहान आफै निभ्ने सेन्सरयुक्त यस सोलार प्रणालीमा डबल लाइट,डबल सोलार प्यानल र हाई क्वालिटी ड्राई ब्याट्री जडान गरिएको छ । ब्याट्रीको पाँच बर्ष र बाँकी पोल,प्यानल र लाइटको पच्चीस बर्षको ग्यारेन्टी सोलार कम्पनी समृद्ध नेपालले दिएको छ । आगामी दिनमा गाउँ उज्यालो अभियान अन्तर्गत सोलार जडान कार्यक्रमलाई टोलटोलमा पुर्याउने उहाको लक्ष्य रहेको छ ।

Image may contain: sky, cloud, car, tree and outdoor

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१