Siraha Times
ताजा समाचार

रौतहट जिल्लामा रहेका बाढी पीडितलाई मिस्टर र मिस थारु टिमले राह्त वितरण गरेका छन्

  • साउन १२, २०७६
  • १०३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

रौतहट , ११ श्रावण। अरिवल वर्षाको कारण आएको बाढी र पहिरो बिनासमा रौतहट जिल्ला फटुहा नगरपालिका वडा नम्बर ०८ का १५० घरधुरी परिवारलाई जह इनटरटेनमेन्ट र याक इभेन्टसको संयुक्त आयोजनामा मिस्टर र मिस थारु टिम सहित राहत वितरण गरेका छन् । एक्दमै दुर्गम ठाउँमा राहत वितरणको लागि गएको टिम लाई स्थानीय वासीले स्वागत गर्नु भएको थियो । हामी यो संसारलाई राम्रो ठाउँ बनाऊ, जहाँ एकआपसमा खाचो परेका बैला पीडित ठाँउमा आवश्यक परेको बैला एकअर्कालाई सहयोग र हेरचाह गराैं सन्देश मिस्टर थारु 2018 रबिन चौधरीले दिदै राहत वितरण कार्यक्रम अगाडी बढाएको थियो । मिस्टर थारु टिमकै हरि शंकर चौधरीको गाउँ भएर राहत वितरण कार्यक्रम गर्न अझ सहज भएको जह इन्टरटेनमेन्टका व्यवस्थापन रुपेश चौधरीले जानकारी दिनु भयो ।

अरिवल बर्षाका कारण आएको रौतहट जिल्ला पतुहा नगरपालिका - ८ बिजयपुर मा नदिको बाध फुटदा त्यो गाउँमा मोटामोठी १५० घरमा धनजनको क्षयति भएको थियो। बाढि पीडितलाई फाबरिक म्याट, टर्च, साबुन, फस्ट एडका सामान, टुथ पेस्ट/ ब्रस, जीवन जल, मछर धुप, सनिटरि प्याड, लाईटर, १बोरा चिउरा, चाउचाउ, बिस्कुट, चक्लेट लगायतका सामाग्री वितरण गरिएको हो। राहत बितरणको लागि जह इन्टरटेनमेन्टका रुपेश चौधरी र आशिष राई रहेको थियो भने याक इभेन्टसका जयश चौधरी, जीवन चौधरी र माले कुमार चौधरी रहेको थियो । त्यसैगरि नेपालको विभिन्न ठाँउबाट रहेका मिस्टर र मिस थारु २०१८ टिमबाट रबिन चौधरी , नितेश चौधरी , अभिषेक महतो , शृस्टी चौधरी, उर्मिला चौधरी र सुनिता महतो रहेको थियो।

सहयोगीहरुलाई धन्यबाद दिदै याक इभेन्टसका व्यवस्थापन जयश चौधरीले वातावरणीय प्राभाव बाट आपत विपत परेको बैला हामी युवा र नेपाली समाज सक्रिय भइ सहयोग गर्नुपर्छ भन्दै स्थानीयबाट बिदा लिएको थियो । बारा र पर्सामा हावाहुरी आउँदा प्रभावितलाई मिस्टर र मिस थारु टिमले स्वाथ्य शिविर र राहत वितरण गरेका थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१