Siraha Times
ताजा समाचार

मुस्लधारे बर्षाले गाईघाट कदमाहा सडक अबरुद्ध : यात्रुलाई सास्ती

  • साउन ९, २०७६
  • ११२५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश खडका , उदयपुर , ९ श्रावण । सप्तरीको सुरुगा नगरपालिका लक्षमिपुर स्थित पर्ने मुनि खोलामा आएको बाढिले यात्रुहरु अलपत्र परेको छ। गाईघाट र नेपालटार जाने मुख सडक को रूपमा रहेको उक्त सडक मा पानी जमेर गाडीहरू अबरुद्ध भएका छन। लगातार तिन देखी परेको अविरल बर्षाले मुनिखोलामा आएको बाढिले सप्तरीको बासिन्दाहरु आतंकित भएका छन् । सानो खोलाको रूपमा देखीने मुनिखोलाले बर्षा याममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो गर्ने गरेको छ्। सुख्खा समयमा खोला जस्तो न देखीने र बर्षा याममा याममा पानीको बहाब बडदै जाने गरेको छ। उक्त कोलामा आएको बाढिले प्रत्येक बर्ष बाढीपहिरोबाट आसपासको गाउँहरु लक्ष्मिपुर ,कर्हर्वा , चहका ,भेडिया ,लगायतका गाउँहरु दुबानमा पर्ने गरेका छन् । मगबार , बुधबार र बिहीबार परेको पानीले सडक अबरुध भएको छ। खोलामा पुल नहुदा काठमाडौं र बिराटनगरबाट आउने गाडीहरू गन्तव्यमा पुग्न नसकेको सयौं गाडीहरू सडकमै अलपत्र परेका छन् । खोला नजिक बजार नरहेको यात्रुलाई सास्ती भएको छ। खोलामा पुलको बारेमा सुरुगा नगरपालिका कुनै चासो न देखाएको स्थानीयहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१