ताजा समाचार

मुस्लधारे बर्षाले गाईघाट कदमाहा सडक अबरुद्ध : यात्रुलाई सास्ती

  • साउन ९, २०७६
  • ११५८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश खडका , उदयपुर , ९ श्रावण । सप्तरीको सुरुगा नगरपालिका लक्षमिपुर स्थित पर्ने मुनि खोलामा आएको बाढिले यात्रुहरु अलपत्र परेको छ। गाईघाट र नेपालटार जाने मुख सडक को रूपमा रहेको उक्त सडक मा पानी जमेर गाडीहरू अबरुद्ध भएका छन। लगातार तिन देखी परेको अविरल बर्षाले मुनिखोलामा आएको बाढिले सप्तरीको बासिन्दाहरु आतंकित भएका छन् । सानो खोलाको रूपमा देखीने मुनिखोलाले बर्षा याममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो गर्ने गरेको छ्। सुख्खा समयमा खोला जस्तो न देखीने र बर्षा याममा याममा पानीको बहाब बडदै जाने गरेको छ। उक्त कोलामा आएको बाढिले प्रत्येक बर्ष बाढीपहिरोबाट आसपासको गाउँहरु लक्ष्मिपुर ,कर्हर्वा , चहका ,भेडिया ,लगायतका गाउँहरु दुबानमा पर्ने गरेका छन् । मगबार , बुधबार र बिहीबार परेको पानीले सडक अबरुध भएको छ। खोलामा पुल नहुदा काठमाडौं र बिराटनगरबाट आउने गाडीहरू गन्तव्यमा पुग्न नसकेको सयौं गाडीहरू सडकमै अलपत्र परेका छन् । खोला नजिक बजार नरहेको यात्रुलाई सास्ती भएको छ। खोलामा पुलको बारेमा सुरुगा नगरपालिका कुनै चासो न देखाएको स्थानीयहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤