Siraha Times
ताजा समाचार

सिरहामा पत्रकार विनोद मण्डलको घरमा चोरी, नगद, गहना र खुत्रुके समेत चोरी

  • असोज ९, २०८२
  • १३५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, असोज ९ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१२, विष्णुपुरकट्टीस्थित पत्रकार विनोद मण्डलको घरमा मंगलबार राति चोरी भएको छ। स्थानीय समय अनुसार करिब ३ बजेतिर अज्ञात चोरको समूहले मण्डलको पुरानो घरको ताला फोडी दराज खोलेर नगद, गहना र वर्षौदेखि जम्मा गर्दै आएको खुत्रुके समेत चोरी गरेका छन्।

मण्डल पेशाले पत्रकार भएको कारण मंगलबार दिनभर जिल्ला भित्रका विभिन्न स्थानमा रिपोर्टिङ व्यस्त रहे । उनले दिनको समयमा सप्तरीको सुरुङा क्षेत्रसम्म पुगेर समाचार संकलन गरेपछि बेलुकी गाउँमै भएको फुटबल खेल र त्यसपछि विजयादशमीको अवसरमा आयोजित झिझिया कार्यक्रमको समेत रिपोर्टिङ गरेका थिए । घर फर्कंदा रात परीसकेको कारण उनी घर बाहिर रहेको खाटमा सुतेको थियो थकित अवस्थामै घरको अगाडिको खाटमा पल्टेर सुतेका मण्डललाई कतै चोरी हुन सक्ने भन्ने शंका समेत थिएन। तर, राति नै अज्ञात चोरले घरको ताल्चा फुटाई चोरी गरेका हुन्।

मण्डलका अनुसार, चोरहरूले पुरानो घरको मुख्य ढोकाको ताल्चा फोडी दराज भित्र राखिएको सरसम्मान चोरेका हुन ।चोरले दराजमा रहेको नगद ५ हजार रुपैयाँ, एक जोर पायल, आधा तोला सुनको तिलहरी र सन् २०७० सालदेखि जम्मा गर्दै आएको व्यक्तिगत खुत्रुके समेत चोरले लिएर गएका छन्। उक्त खुत्रुके मण्डलले मेहनतको कमाईबाट वर्षौदेखि सानो–सानो रकम जम्मा गरेर राखेका थिए। घटना बारे जानकारी पाएलगत्तै स्थानीय पत्रकार हेमप्रसाद पासमानको सहयोगमा मण्डलले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुगमन गरेको र अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। तर, अहिलेसम्म चोरको पहिचान हुन सकेको छैन।

पत्रकार मण्डलले यस घटनाप्रति दुःख प्रकट गर्दै भने, “पत्रकारिताको पेशा नै समाजको आवाज उजागर गर्ने काम हो, तर हाम्रो घरमै चोरले हात हालेपछि असुरक्षा बढेको महसुस भएको छ।" उनी लामो समयदेखि स्थानीयस्तरमा जनसरोकारका समाचार कवरेज गर्दै आएका छन्। समाजका समस्या उजागर गर्ने पत्रकारको घरमै चोरी हुनु आफैंमा चुनौतीपूर्ण सन्देश भएको भन्दै दुखेसोपोखेका छन्। उनले चोरी भए लगत्तै प्रहरी प्रशासनले चोरको पहिचान गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

धनगढीमाई नगरपालिका क्षेत्रमै पछिल्ला महिनामा चोरीका घटनाहरू बढिरहेको पत्रकार मण्डलले बताएका छन्। तर, अपराधी पत्ता लगाउने भन्दा पनि प्रहरीले सामान्य अनुसन्धानमै सीमित भएको आरोप पनि छ। यस घटनाले फेरि पनि गाउँघरमा सुरक्षा चुनौती रहेको प्रष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१