Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा कृषक समस्याको चुलिंदो अवस्था : जनता समाजवादी पार्टी नेपालले ७ बुँदे मागसहित ध्यानाकर्षण

  • साउन १४, २०८२
  • ९१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान साउन १४ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा निरन्तर सुख्खा, कमजोर विद्युत आपूर्ति, र सिँचाइको चरम अभावका कारण किसानहरू गम्भीर संकटमा परिरहेका छन्। यस्तो परिस्थितिमा जनता समाजवादी पार्टी नेपाल, सखुवानन्कारकट्टी गाउँपालिका समितिले सात बुँदे मागसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

पार्टीले जारी गरेको वक्तव्यमा भनिएको छ कि यस पालिकाभित्र अधिकांश जनता कृषि कार्यमै आश्रित छन्। तर, श्रावणको दोश्रो हप्ता सम्म आइपुग्दा पनि वर्षा नहुनु, बोडिङ्ग तथा चापाकल सुक्नु, र विद्युत लाइनमा पर्याप्त भोल्टेज नहुनुले खेती नै सम्भव नभएको अवस्था सिर्जना भएको छ। “विउ सुक्न थालेको छ, खेत बाझो भइरहेका छन्, खानेपानीसमेत अभाव छ, यस्तोमा किसान कसरी खेतिपाती गर्छन्?” पार्टीले गम्भीर प्रश्न उठाएको छ।

यस्ता गम्भीर संकटलाई दृष्टिगत गर्दै जनसमस्याको समाधानका लागि पार्टीले निम्न ७ बुँदे माग अघि सारेको छ: १. कृषि मिटरको बक्यौता भुक्तानी: किसानहरूले प्रयोग गरेको कृषि विद्युत मिटरको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई सरकारले तुरुन्त भुक्तानी गर्नुपर्ने। २. खानेपानीको आपूर्ति: चापाकल र बोरिङ्ग सुक्दै गएका अवस्थामा वैकल्पिक माध्यमबाट खानेपानीको तत्काल व्यवस्था मिलाइनु पर्ने। ३. पावर ड्रिल तथा डिप बोडिङ्ग: खेतीयोग्य जमिनमा सिँचाइको दिगो समाधानका लागि अधिकतम बजेट विनियोजन गरी पावर ड्रिल तथा डिप बोडिङ्ग सञ्चालन गर्नुपर्ने। ४. ट्रान्सफर्मरको जडान: विद्युत आपूर्तिमा भोल्टेज घट्दा सिँचाइका उपकरण प्रयोग गर्न नसकिने अवस्था हटाउन थप ट्रान्सफर्मर जडान गर्नुपर्ने। ५. कृषि विद्युतीकरण विस्तार: सिँचाइ पहुँच नभएका अधिकांश खेतसम्म कृषि विद्युतीकरणको पहुँच पु-याइनु पर्ने। ६. जग्गा वर्गीकरण: खेतीयोग्य जग्गा तथा अन्य प्रयोजनका लागि प्रयोग हुने जमिनको वर्गीकरण तुरुन्त सम्पन्न गर्नुपर्ने। ७. स्यालो ट्युवेलका लागि मापदण्ड खारेज: प्रदेश तथा संघ सरकारले २ विघा जमिन आवश्यक पर्ने भनिएको मापदण्ड खारेज गरी साना किसानले समेत स्यालो ट्युवेल सुविधा पाउने वातावरण सिर्जना गर्नुपर्ने।

त्यसैगरी, पार्टीले सखुवानन्कारकट्टी गाउँपालिकालाई सुख्खा क्षेत्रको रुपमा घोषणा गरी तत्काल विशेष प्याकेज ल्याउन पनि माग गरेको छ । जनता समाजवादी पार्टी नेपाल, सखुवानन्कारकट्टी गाउँपालिका समितिले विज्ञप्तिमार्फत सबै सरोकारवाला निकाय, नीति निर्माता तथा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै भनेको छ, “हामी सदैव जनताको हकहितमा आवाज उठाउँदै आएका छौं । अब सरकारको पालो हो – समयमै हस्तक्षेप नगरे गम्भीर खाद्य संकट निम्तन सक्छ ।”

उक्त ध्यानाकर्षणमा जनता समाजवादी पार्टी नेपाल, सखुवानन्कारकट्टी गाउँपालिका समितिका अध्यक्ष नागेन्द्र यादवको नेतृत्वमा, युवा नेता तथा जिल्ला समिति सदस्य दिपेश कुमार यादव, राजदेव यादव, राकेश कुमार यादव, गाउँपालिका समितिका अन्य पदाधिकारीहरू, र विभिन्न वडास्तरका इकाइ समिति अध्यक्षहरू समेत सहभागी थिए। उनीहरूले संयुक्त रुपमा वक्तव्य जारी गर्दै कृषकका समस्या तत्काल समाधान नगरे स्थिति थप गम्भीर हुने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१