Siraha Times
ताजा समाचार

खुट्टी खोला सिँचाई नहर पुनः संचालनको अभियानः किसानमा आशा र खुसीको सञ्चार

  • साउन ७, २०८२
  • १२९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, साउन ७ । लहान नगरपालिका क्षेत्रका हजारौं किसानको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खुट्टी खोला सिँचाई नहर अहिले फेरि जन सहभागिताको जगमा पुनः जीवन पाउँदैछ। लामो समयदेखि उपेक्षित र जीर्ण अवस्थामा रहेको यस नहरलाई पुनः सञ्चालनमा ल्याउन सुरु गरिएको अभियानले किसानहरूमा नयाँ आशा र उत्साह जागृत गराएको छ।

IMG_2889 विगतमा नियमित सिँचाई सुविधा नहुँदा लहान क्षेत्रका किसानहरूलाई धान, गहुँ, तरकारी लगायतका मुख्य बालीहरूमा बारम्बार क्षति बेहोर्नु परेको थियो। मौसममा भर पर्ने खेती प्रणालीले उत्पादनमा अनिश्चितता र आर्थिक जोखिम बढाउँदा धेरै किसानको जीविका संकटमा पर्न थालेका थिए। तर अहिले, खुट्टी खोला सिँचाई नहर संघर्ष समितिको अजय चौधरी,अनिल चौधरी,बद्री नारायण चौधरी,मुकेश,सत्य नारायण यादव,हेमन्त कुमार यादव,धर्म राज चौधरी सहितका सक्रिय पहल, लहान नगरपालिका कार्यालयको सहकार्य, र स्थानीय किसानहरूको ऐक्यबद्धताले यो नहर फेरि सञ्चालनमा ल्याउने ठोस प्रयास सुरु गरिएको छ।

“पानी भयो, खेती भयो – किसानको खुसी फेरी भयो” भन्ने नाराका साथ सुरु गरिएको सरसफाई तथा मर्मत अभियानले अहिले सामाजिक ऐक्यबद्धताको गतिशील उदाहरण प्रस्तुत गरेको छ। लहान नगरपालिकाले यस अभियानलाई संस्थागत सहयोग मात्रै हैन, प्राविधिक सहयोग र स्रोत साधनको उपलब्धतासमेत सुनिश्चित गर्दै अघि बढिरहेको छ।, “खुट्टी खोला नहर लहानको कृषिजन्य आत्मनिर्भरता र समृद्धिको मेरुदण्ड हो। यसलाई जीवन्त बनाउनु हाम्रो साझा दायित्व हो।” नहरमा पानी नआएपछि वर्षौंदेखि सिँचाईको लागि महँगो डीजल पम्पमा निर्भर रहेका किसानहरूले यस पानी अकासे पानी नपर्दा बोर्डिंग चापाकल समेत सुकेका बेला नहरबाट नै पानी आउने सम्भावनाले अत्यन्त उत्साहित छन्। 

खुट्टी खोला सिँचाई नहरको पुनःसञ्चालन अभियान केवल भौतिक संरचनाको पुनर्निर्माण नभई किसानको विश्वास र आत्मबल पुनःजागृत गर्ने पहल हो। कृषि उत्पादनमा वृद्धि, रोजगारीको सिर्जना, र आर्थिक समृद्धिको दिशामा टेकेर लहान क्षेत्रले फेरि हरियाली सपना देख्न थालेको छ। यस अभियानमा अझ व्यापक जनसहभागिता आवश्यक छ, ताकि “पानी भयो, खेती भयो – किसानको खुसी फेरी भयो” भन्ने नारालाई व्यवहारमा रूपान्तरण गर्न सकियोस्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१