ताजा समाचार

ग्यास सिलिन्डर विस्फोट: एकल महिलाको पसलमा आगलागी, लाखौंको क्षति

  • साउन ४, २०८२
  • ११५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ४ साउन । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका १, जनका चौकमा शनिवार बिहान अचानक भएको आगलागिमा ग्यास सिलिन्डर विस्फोटका कारण एक एकल महिला बिमली देवी पन्डितको पसलमा भीषण आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। पिडित पन्डित चार नाबालक सन्तानहरूको हेरचाह गर्दै आफ्नो जीविकोपार्जनका लागि सञ्चालन गर्दै आएको सानो खुद्रा पसलमार्फत जीवन यापन गर्दै आइरहेकी थिइन्। बिहानको समय पसलमा खाना पकाउने क्रममा ग्यास लिक भएर एक्कासि विस्फोट भएको बताइएको छ।

May be an image of 1 person, ambulance, van and text that says 'रর हणतिका लहाज सिरहा बारण বললা'

विस्फोटपछि फैलिएको आगोले पसलमा राखिएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। घटनास्थलमा स्थानीयवासी र प्रहरीको सक्रियतामा तत्काल खबर गरिएको लहान नगरपालिकाको बारुण यन्त्र टोलीको पहलमा आगो नियन्त्रणमा लिन सफल भए पनि धनमाल चाहिँ जोगिन सकेन। पीडित पन्डितको घरका सम्पूर्ण दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, र पसलका सामग्री जलेर खरानी भएका छन्। चारजना सन्तानसहित जीवन संघर्ष गर्दै आएकी पन्डित अहिले गाँस र बासको गम्भीर समस्यामा परेकी छन्।

May be an image of 3 people and fire

सहकर्मी रासिन्द्र यादवका अनुसार, “बिमली देवीको जीवनमा यस्तो दुर्घटना हुनु अत्यन्त दुःखद हो। उनले जेनतेन पसल चलाएर सन्तानको पेट पालिरहेकी थिइन्, तर आज त्यो सबै स्वाहा भयो।” दैवको लिला अपरम्पार छ। जसलाई पहिले नै जीवनले पीडामा पारेको थियो, त्यसैलाई पुनः यस्तो दुस्खद घटना घट्नु नै एकप्रकारको पीडाको पहाड थपिएको छ। यस दुःखद घडीमा स्थानिय तह, संघसंस्था, समाजसेवी, र सहयोगी मन भएका सम्पूर्ण व्यक्तिहरुलाई पिडित बिमली देवी पन्डितप्रति सहयोगको अपिल गरिएको छ। सिरहाको यो दुर्घटना पीडादायी मात्र नभई चेतनामूलक पनि छ—ग्यास सुरक्षा र विपद् व्यवस्थापनमा सतर्कता कति आवश्यक छ भन्ने कुरालाई झल्काउने यो घटना स्थानीय तहमा सचेतना कार्यक्रमको खाँचो रहेको सन्देश दिन्छ।

May be an image of 5 peopleMay be an image of 8 peopleMay be an image of 2 people

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤