धरानमा दृष्टिविहीन विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • असार ३२, २०८२
  • ६९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, असार ३२ । दृष्टिविहीन विद्यार्थीहरूको स्वास्थ्यमा विशेष ध्यान दिने उद्देश्यले सुनसरीको धरान–१५ स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्ययनरत ८५ जना दृष्टिविहीन विद्यार्थीहरूका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। मोरङको बिराटनगर–११ महेन्द्र चौकमा रहेको चर्चित पारस अस्पताल र NMDPA (Nepal Medical Doctors and Pharmacists Association) नामक संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

May be an image of 2 people and text

शिविरमा सहभागी भएका विद्यार्थीहरूको आँखादेखि लिएर अन्य स्वास्थ्यसम्बन्धी जाँचहरू गरिएका थिए। शिविरमा प्रमुख चिकित्सकका रूपमा पारस अस्पतालका विशेषज्ञ डा. सफिउर रहमान स्वयं उपस्थित भई सम्पूर्ण विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेका थिए। डा. रहमानले प्रत्येक विद्यार्थीको आवश्यक स्वास्थ्य परीक्षणपछि निःशुल्क औषधि वितरण गरेका थिए। साथै, विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री जस्तै ब्रेल कपी, लेखन सामाग्री, स्वास्थ्य सचेतना सामग्रीहरू पनि वितरण गरिएको आयोजकले जानकारी दिएको छ।

May be an image of 10 people and people studying

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, स्वयंसेवक र अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरूको समेत सक्रिय सहभागिता थियो। शिविर सञ्चालनका क्रममा विद्यार्थीहरूलाई स्वास्थ्यसम्बन्धी सुझावहरू पनि दिइएको थियो। कार्यक्रमको समापनमा पारस अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले कार्यक्रममा सहभागिता जनाएका सबैलाई धन्यवाद ज्ञापन गर्दै दृष्टिविहीन विद्यार्थीहरूको हकमा यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापकले दृष्टिविहीन विद्यार्थीहरूका लागि यस्ता स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको बताउँदै पारस अस्पताल र NMDPA संस्थाप्रति आभार व्यक्त गरे। उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आर्थिक तथा शारीरिक हिसाबले कठिन परिस्थितिमा रहेकोले यस्ता सेवाले विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने उल्लेख गरे। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि निःशुल्क स्वास्थ्य परीक्षण र औषधि पाउँदा खुशी व्यक्त गरेका थिए। शिविरमा केही विद्यार्थीहरूलाई स्वास्थ्य परीक्षणपछि थप उपचारको आवश्यक देखिएको हुँदा उनीहरूलाई अस्पतालमा रिफर गरिने समेत डा. रहमानले बताए।

May be an image of 13 people and people smiling

उक्त शिविरलाई सफल बनाउन विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय समाजसेवीहरूको समेत सहयोग रहेको आयोजक संस्थाले जनाएको छ। आयोजकका अनुसार दृष्टिविहीन मात्र नभई अन्य अपांगता भएका बालबालिकाहरूका लागि पनि आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ। यो कार्यक्रमले समाजमा दृष्टिविहीन विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा थप चासो र जिम्मेवारी विकास गर्न प्रेरणा दिने विश्वास गरिएको छ।

May be an image of 2 people, hospital and text

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईन नगरस्तर ...

बोदे बर्साईन , सप्तरी : २८ पौष : उमेश कुमार साह बोदे बर्साईन : स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लाग ...

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१