Siraha Times
ताजा समाचार

औरही गाउँपालिका मलाह टोलबाट २ क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ

  • असार २९, २०८२
  • ९२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान अषाढ़ २९ । सिरहा जिल्लाको औरही गाउँपालिका वडा नं. ५ स्थित मलाह टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा २०८२ असार २७ गते राति करिब १०:३० बजे सो स्थानमा छापा मारी गाँजा बरामद गरेको हो।

पक्राउ परेका व्यक्ति राम उदगार मलाह (उमेर २३) हुन्, जो सोही ठाउँका स्थायी बासिन्दा हुन्। प्रहरीले उनको साथबाट प्रदेश २–०१–००३ प २१५४ नम्बरको मोटरसाइकलमा लोड गरिएको ७ वटा पोका गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरामद गरिएको गाँजाको कुल तौल २ क्विन्टल १२ किलो ९२५ ग्राम रहेको छ। प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवारी साधनलाई सामान्य देखिने गरी गाँजा राखेर ओसारपसार गरिरहेको अवस्थामा मलाहलाई पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका मलाहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको छ। यसै क्रममा उनलाई २०८२ असार २९ गते सम्मानित जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद लिइएको छ। प्रहरीका प्रवक्ता प्रहरी निरीक्षकले यस विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। प्रहरीले गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान कार्य पनि तीव्र बनाएको जनाएको छ।प्रहरीले जिल्लामा लागुऔषध ओसारपसार र तस्करी नियन्त्रणका लागि निगरानी तथा चेकजाँच कडा पारेको जनाएको छ। यस प्रकारको अवैध कार्यमा संलग्न जो–कोहीलाई कारवाही गर्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१