Siraha Times
ताजा समाचार

श्री मावि पडरिया थारुटोलमा आईसीटी अन्तरक्रियात्मक बोर्ड समुद्घाटन

  • असार २७, २०८२
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, असार २७ । शिक्षा क्षेत्रमा प्रविधिमैत्री र नविनतम अभ्यासलाई आत्मसात गर्ने क्रममा लहान नगरपालिका वडा न. १२ स्थित श्री माध्यमिक विद्यालय, पडरिया थारुटोलमा ‘ICT Based Teaching Activities’ अन्तर्गत तीन वटा कक्षामा ७५ इन्चको इन्टरएक्टिभ बोर्ड जडान गरी समुद्घाटन गरिएको छ।

उक्त इन्टरएक्टिभ बोर्डहरूको समुद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा थिए भने वडाध्यक्ष बद्री नारायण चौधरी, शिक्षा अधिकृत अमिरी यादव, कार्यक्रम संयोजक महेश्वरी चौधरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष छेदीलाल चौधरी तथा समितिका सम्पूर्ण पदाधिकारी, शिक्षक-शिक्षिका, पत्रकार, समाजसेवी, बुद्धिजीवी र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महेश चौधरीले लहान नगरपालिकाले गुणस्तरीय शिक्षालाई सर्वाेच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आधुनिक शिक्षण उपकरण र प्रविधिको प्रयोगमार्फत विद्यार्थीहरूको सिकाइ क्षमतामा गुणात्मक सुधार ल्याउने लक्ष्य रहेको बताए। साथै, उनले लहान–७ स्थित श्री पशुपति आदर्श माविको शैक्षिक स्तर सुधारका लागि आवश्यक सहयोग र योजना कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको घोषणा गरे।

कार्यक्रम संयोजक महेश्वरी चौधरीले विद्यालयमा ICT प्रविधिको प्रयोगले सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै यसप्रकारको शिक्षण पद्धतिले शिक्षक र विद्यार्थी दुवैको क्षमतामा वृद्धिको ढोका खोल्ने बताइन्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष छेदीलाल चौधरीले विद्यालयको भौतिक पूर्वाधार, प्रविधि र पठनपाठनको स्तर सुधारमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा विभिन्न वक्ताहरूले प्रविधिको प्रयोगले वर्तमान शैक्षिक चुनौतीहरू समाधान गर्न सकिने तथा ग्रामीण क्षेत्रका विद्यालयहरूमा समेत यस्तो प्रविधिको पहुँच पुर्याउनु आजको आवश्यकता भएको धारणा राखे। उक्त कार्यक्रम विद्यालय परिवारको समन्वयमा भव्य र शालीन रूपमा सम्पन्न भएको थियो। तीनवटा ७५ इन्चका इन्टरएक्टिभ बोर्डहरूको प्रयोग आगामी दिनमा प्रभावशाली ICT शिक्षा विस्तारतर्फ महत्वपूर्ण उपलब्धि सावित हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१