Siraha Times
ताजा समाचार

बोदेबर्साइनमा औँठा छाप उन्मूलन सम्बन्धि गोष्ठी सम्पन्न

  • असार २२, २०८२
  • ७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । "साक्षरता तथा जिवनपर्यन्त शिक्षा कार्यक्रम" अन्तर्गत १५ वर्षदेखी ६० वर्ष उमेर समूहका नागरिकहरुलाई औँठा छापबाट उन्मुलन गर्नका लागि गोष्ठीको आयोजन गरिएको थियो ।
विभिन्न १२ वटा लक्ष्य राखी नगरपालिकाले सो उमेर समुहका नागरिकलाई साक्षर घोषणा गर्न सकिने व्यवस्था गरेको छ । जस अन्तर्गत राष्ट्रभाषा र मातृभाषाका वर्ण अक्षरको पढाइ र लेखाइ गर्न सकिने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ गर्न सकिने, लेनदेनका हिसाब राख्न सकिने र भित्तेपात्रोको तिथि मिति बताउन सकिने लगायतका लक्ष्यहरु रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख रामसागर यादवले बताए ।

औँठा छापको प्रयोगलाई न्यूनीकरण गर्दै हस्ताक्षरलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगरपालिका कार्यालयका सम्पूर्ण शाखा तथा वडा कार्यालयद्वारा औँठा छाप बन्देज गरि हस्ताक्षर अनिवार्य गर्नुपर्ने, ६० वर्षमुनिका नागरिकहरुले हस्ताक्षर गर्न नसकेको खण्डमा निजको विवरण संकलन गरि शिक्षा युवा तथा खेलकुद शाखामा जानकारी गराउनुपर्ने, साक्षरता सम्बन्धि कक्षा, बैठक, गोष्ठी तथा सहायता कार्यक्रम नगर, वडा, नीजी तथा व्यक्तिगत स्तरबाट संचालनको लागि प्रोत्साहन गर्ने लगायतका नीति लिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बताए ।

औंठा छाप उन्मुलन गर्नका लागि नगर शिक्षा समितिका संयोजक मेयर आतेस कुमार सिंहको अध्यक्षतामा १७ सदस्यीय समिती गठन गरिएको छ । नागरिकलाई साक्षर बनाउनका लागि सामुदायिक साक्षरता कक्षा संचालन गरि ९५.२४ प्रतिशत साक्षरता पुगेपछि २०८० साल असार १८ गते मधेश प्रदेशको पहिलो साक्षर नगरपालिका घोषणा गरेको थियो ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माको अध्यक्षता तथा नगर प्रमुख आतेस कुमार सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपमेयर रेणु कुमारी साह, शिक्षा शाखा प्रमुख रामसागर यादव, स्रोत व्यक्ति रामसेवक यादव, विभिन्न वडाका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका संयोजकहरु, बाल क्लबका अध्यक्षहरु, प्रहरी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको संचालन पत्रकार उमेश साह र मैथिली भाषाको विज्ञ ओमकान्त पंडितले संयुक्त रुपमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१