Siraha Times
ताजा समाचार

नेशनल लघुवित्त वित्तीय संस्थाद्वारा झाझपट्टि ट्राफिक चेक पोष्टलाई होडिङ बोर्ड र स्टेन पंखा हस्तान्तरण

  • असार २१, २०८२
  • ६८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले क्रियाशील रहेको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सराहनीय कार्य गर्दै नवराजपुर गाउँपालिकाअन्तर्गत पर्ने झाझपट्टि ट्राफिक चेकपोष्टलाई होडिङ बोर्ड र स्टेन पंखा हस्तान्तरण गरेको छ। झाझपट्टि ट्राफिक चेकपोष्ट, जो जिल्लाको महत्वपूर्ण यातायात नाका मानिन्छ, उक्त स्थानमा ट्राफिक सेवामा सहजता ल्याउन उद्देश्यले यस्ता सामग्रीहरु सहयोग गरिएको हो।

हस्तान्तरण कार्यक्रममा नेशनल लघुवित्तका विभिन्न शाखा तथा कार्यालयका पदाधिकारी तथा कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको नेतृत्व अनुगमन अधिकृत आशाराम यादवले गर्नुभएको थियो। उहाँको साथमा भगवानपुर शाखाबाट शाखा अधिकृत सन्तोष कुमार यादव, पातो शाखा अधिकृत दिपेश कुमार गोइत तथा अन्य कर्मचारीहरूको सहभागिता थियो। भगवानपुर शाखाबाट सहभागी कर्मचारीहरुमा:देविन कुमार यादव,धिरज कुमार यादव,देवराम यादव,आशा कुमारी यादव,लिला कुमारी यादव,काजल कुमारी यादव,कोपिला कुमारी चौधरी बरियारपट्टी शाखाबाट प्रतिनिधित्व गर्न ज्योति कुमारी यादव कार्यक्रम स्थलमा उपस्थित थिइन्। उक्त कार्यक्रमलाई सहयोग पुर्‍याउने प्रहरीतर्फबाट झाझपट्टि ट्राफिक चेकपोष्टका असई श्याम कुमार यादव, ट्राफिक प्रहरी जवान ओमप्रकाश साह र राहुल यादव उपस्थित थिए।

उनीहरूले सहयोगप्रति संस्थालाई आभार प्रकट गर्दै भने– “यस्ता साना तर प्रभावशाली सहयोगले हाम्रो कार्य वातावरण सहज हुनुका साथै सेवा प्रवाहमा पनि सुधार आउँछ।” कार्यक्रमको समापनमा अनुगमन अधिकृत आशाराम यादवले भने, “नेशनल लघुवित्त केवल वित्तीय कारोबारमा सीमित छैन, यो संस्था सामाजिक उत्तरदायित्वप्रति समान रूपले प्रतिबद्ध छ। आगामी दिनमा पनि यस्ता सहयोगात्मक क्रियाकलापहरूलाई निरन्तरता दिइनेछ।” कार्यक्रम अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। संस्थाको तर्फबाट गरिएको सहयोगले ट्राफिक प्रहरी र स्थानीय समुदायबीच आपसी सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा लिइएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१