लहानमा लागूऔषधसहित दुई युवा पक्राउ, ठूलो मात्रामा ब्राउन सुगर र नगद बरामद

  • असार २०, २०८२
  • ६१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान अषाढ़ २० । सिरहा जिल्लाको लहान नगरपालिका–११ स्थित पडरिया टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारी दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा सोही ठाउँका २८ वर्षीय मिथलेशकुमार चौधरी र अन्दाजी २४ वर्षीय राजनन्दन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार दिउँसो मिथलेशकुमार चौधरीको घरमा छापा मारेको थियो । छानबिनको क्रममा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर र नगद रकम फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीका अनुसार उक्त घरबाट १ सय २४ दशमलव ६२ ग्राम ब्राउन सुगर, २ लाख ८६ हजार ७ सय १० नेपाली रुपैयाँ र १२ सय ५० भारतीय रुपैयाँ नगद बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट उक्त लागूऔषध भारतबाट ल्याई नेपालमा बिक्री वितरण गर्ने उद्देश्यले राखिएको पाइएको छ । पक्राउ परेका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ब्राउन सुगरसहितको कारोबार नियन्त्रण गर्न विशेष निगरानी बढाएको र यसरी समातिनेहरूलाई कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । लहान आसपासका क्षेत्रमा पछिल्लो समय लागूऔषधको लत युवावर्गमा बढ्दै गएकोप्रति प्रहरीले चिन्ता व्यक्त गर्दै सो कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको जानकारी दिएको छ । यस घटनाले लहान क्षेत्रमै लागूऔषध कारोबार सक्रिय रहेको तथ्य उजागर भएको छ । प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिई थप संलग्न व्यक्तिहरुको खोजीमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१