Siraha Times
ताजा समाचार

सुखीपुर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को अनुमानित ६५ करोडको बजेट सार्वजनिक

  • असार १६, २०८२
  • ८८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान असार १६ । सिरहा जिल्लाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित ६५ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख राम औतार यादवको अध्यक्षतामा सोमबार सम्पन्न नगर सभाबाट पारित बजेट, नीति तथा कार्यक्रम मंगलबार आयोजित एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

कार्यक्रममा नगर प्रमुख यादवले बजेट सार्वजनिक गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै नगरको आवश्यकताको पहिचान गरी योजना निर्माण गरिएको जानकारी दिए। “सुखीपुर नगरवासीको समग्र विकास, सेवा प्रवाहको सुधार, सामाजिक न्याय तथा स्थानीय पूर्वाधारको सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ,” नगर प्रमुख यादवले भने।

उनका अनुसार प्रस्तुत बजेटमा सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, महिला सशक्तीकरण, युवामैत्री कार्यक्रमलगायतका बहुआयामिक क्षेत्रलाई समेटिएको छ। पूर्वाधार विकास:सडक स्तरोन्नति, ढल व्यवस्थापन र सार्वजनिक भवन निर्माणका लागि उल्लेख्य रकम विनियोजन गरिएको छ।

शिक्षा र स्वास्थ्य:सामुदायिक विद्यालयमा आवश्यक भौतिक संरचना सुधार, शैक्षिक गुणस्तर वृद्धि र स्वास्थ्य चौकीहरूमा आवश्यक उपकरण खरिद तथा सेवा प्रवाहमा सुधारका कार्यक्रम समावेश छन्। कृषि तथा पशुपालन:स्थानीय कृषकलाई मल, बीउ, सिँचाइ सुविधा र तालिम उपलब्ध गराउने योजना रहेको छ। पशुपालन व्यवसायलाई समेत प्रवर्द्धन गरिनेछ। युवा तथा रोजगारी:स्वरोजगार कार्यक्रममार्फत युवालाई सीपमूलक तालिम तथा सहुलियत ऋण उपलब्ध गराइनेछ।

महिला, बालबालिका र ज्येष्ठ नागरिक:सामाजिक सुरक्षा भत्ता नियमित उपलब्ध गराउने, महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने र ज्येष्ठ नागरिकका लागि सुलभ सेवा प्रवाह सुनिश्चित गरिने उल्लेख गरिएको छ। • कुल अनुमानित बजेट: रु. ६५ करोड • आन्तरिक स्रोत: कर तथा सेवा शुल्क मार्फत संकलन • संघीय तथा प्रदेश सरकारको अनुदान • साझेदारीमा विकास कार्यक्रमहरू

पत्रकार सम्मेलनमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न शाखा प्रमुख, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। पत्रकारहरूसँगको अन्तरक्रियामा प्रमुख यादवले पारदर्शिता, जवाफदेहिता र जनसहभागितामा आधारित बजेट कार्यान्वयन गरिने प्रतिबद्धता जनाए। सुखीपुर नगरपालिकाको यो बजेट सर्वसाधारणलाई समेट्ने, स्थानीय आवश्यकता पूरा गर्ने र नगरलाई समुन्नत बनाउने दिशामा अग्रसर भएको भन्दै विभिन्न पक्षले स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१