Siraha Times
ताजा समाचार

गोल्डन फ्यूचर बोर्डिङ स्कुलद्वारा स्मार्ट क्लासको शुभारम्भ, नगर प्रमुख चौधरीद्वारा उद्घाटन

  • असार १०, २०८२
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, असार १० । सिरहा जिल्लाको लहान नगरपालिका २ स्थित गोल्डन फ्यूचर बोर्डिङ स्कुलले अत्याधुनिक ‘स्मार्ट क्लास’ को सुरुवात गरेको छ। सोमबार सम्पन्न विशेष समारोहमा प्रमुख अतिथि नगरप्रमुख महेश प्रसाद चौधरीद्वारा स्मार्ट क्लासको औपचारिक उद्घाटन गरिएको हो।J.S.Pa.Baithak 7

कार्यक्रमको अध्यक्षता विद्यालय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । विशेष अतिथिका रुपमा प्रत्यासी उम्मेदवार देवनाथ यादव, वडा नं. २ का वडाअध्यक्ष सियाराम यादव, वडा सदस्य लाल मोहम्मद, समाजसेवी राकेश गुप्ता, शंकर गुप्ता, पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव तथा जिल्लास्थित सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

J.S.Pa.Baithak 8

विद्यालयको स्थापनाकालदेखि हालसम्मका उपलब्धिहरूको चर्चा गर्दै अध्यक्ष उपेन्द्र यादवले गोल्डन फ्यूचर बोर्डिङ स्कुल विक्रम सम्बत २०६९ सालमा स्थापना भएको जानकारी दिए। हाल विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। उनका अनुसार विद्यालयमा हाल ४०० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयलाई यस चरणसम्म पुर्‍याउन उनले कठोर संघर्ष गर्नु परेको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि महेश चौधरीले शिक्षा क्षेत्रमा निजी विद्यालयहरूको योगदानको सराहना गर्दै भने, “हामीले लहानमा गर्दै आएका विकास अब अनुभवमा रूपान्तरित भएको छ। सामुदायिक विद्यालयहरूका साथसाथै निजी क्षेत्रका विद्यालयहरू पनि शिक्षाको गुणस्तर वृद्धि गर्न अग्रसर छन्। यस किसिमको प्रविधियुक्त शिक्षण पद्धति विकासको परिचायक हो।”

कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, भाषण, व्यक्तित्व विकास कला लगायतका विविध प्रस्तुति दिएर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए। उपस्थित अतिथिहरूले पनि स्मार्ट क्लासको उपयोगिताबारे आफ्ना धारणा राख्दै प्रविधियुक्त शिक्षण पद्धति विद्यार्थीहरूको सिकाइमा क्रान्तिकारी परिवर्तन ल्याउने धारणा राखे।

विद्यालयको शिक्षण पद्धति, अनुशासन, व्यवस्थापन र आगामी योजनाहरूको पनि कार्यक्रममार्फत जानकारी गराइएको थियो। अध्यक्ष यादवले आगामी दिनमा कक्षा ११ र १२ सञ्चालन गर्ने योजना रहेको जनाउँदै समुदायको सहयोग र विश्वासले नै विद्यालयले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे।

समारोहका अन्त्यमा विद्यालय परिवारले उपस्थित अतिथि, अभिभावक र सञ्चारकर्मीहरूलाई आभार प्रकट गर्दै कार्यक्रम समापन गरिएको थियो। स्मार्ट क्लासको सुरुवातसँगै विद्यालयले आधुनिक शिक्षण प्रणालीमा अर्को कदम अगाडि बढाएको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१