Siraha Times
ताजा समाचार

नवराजपुर गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, सामुदायिक विद्यालयहरूबीच कडा प्रतिस्पर्धा

  • असार ७, २०८२
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान ७ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज "गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता–२०८२" सम्पन्न भएको छ। प्रतियोगिता नवराजपुर गाउँपालिकाकी उपाध्यक्ष श्रीमती पुनम कुमारी यादवको अध्यक्षतामा संचालन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री शिव उदगार यादव रहनु भएको थियो भने विशेष अतिथिका रूपमा शिक्षा शाखा प्रमुख श्री महेश्वर यादव, पालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त हाजिरी जवाफ प्रतियोगिता गाउँपालिकाभित्र रहेका २० वटै सामुदायिक विद्यालयहरूको सहभागितामा सम्पन्न भएको हो।

विद्यार्थीहरूबीच सामसामयिक विषयवस्तु, विज्ञान–प्रविधि, भूगोल, इतिहास, खेलकुद, साहित्य, नागरिक शिक्षा लगायतका बिषयमा आधारित प्रश्नहरूको उत्तर दिने प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा विजेता भएका विद्यालयहरुः प्रथम स्थान : श्री रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय, फुलवरिया (नवराजपुर–३) द्वितीय स्थान : श्री हजारी माता आधारभूत विद्यालय, नवराजपुर–४ तृतीय स्थान : श्री ज्योती आधारभूत विद्यालय, देवनगर सान्त्वना पुरस्कार : श्री आधारभूत विद्यालय, सुन्दरपुर, झाझपट्टी (नवराजपुर–५) कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष श्री शिव उदगार यादवले विद्यार्थीहरूमा ज्ञान, बौद्धिक क्षमता, सार्वजनिक बोल्ने सीप तथा छिटो निर्णय गर्न सक्ने खुबी विकास गर्न यस्ता प्रतियोगिताहरू निकै महत्वपूर्ण हुने बताउँदै यस्ता कार्यक्रमलाई नियमितरूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले सामुदायिक विद्यालयहरूलाई स्तरीय बनाउन पालिका निरन्तर लागिपरेको समेत जानकारी दिनुभयो। त्यस्तै, उपाध्यक्ष श्रीमती पुनम कुमारी यादवले विद्यार्थीहरूलाई सिर्जनशील, ज्ञानशील र जिम्मेवार नागरिक बनाउन यस्ता प्रतियोगिताहरू अपरिहार्य भएको भन्दै सम्पूर्ण विद्यालय, शिक्षक र कार्यक्रम आयोजक टोलिलाई धन्यवाद व्यक्त गर्नुभयो। शिक्षा शाखा प्रमुख महेश्वर यादवले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा थप गुणस्तरीय शैक्षिक गतिविधिहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको अन्त्यमा विजेता तथा सहभागी विद्यालयहरूलाई ट्रफी, प्रशंसा पत्र, शैक्षिक सामग्री लगायत विभिन्न पुरस्कार प्रदान गरिएको थियो। सहभागी सबै विद्यार्थीहरूलाई पनि उत्साहवर्धन स्वरूप प्रमाण–पत्र वितरण गरिएको थियो। प्रतियोगिताले पालिकाभित्रका विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै विद्यार्थीहरूको ज्ञानस्तर वृद्धि र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१