Siraha Times
ताजा समाचार

अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ तथा गणितीय जाँच एवम् म्युजिकल चेयर प्रतियोगिता मा.बि. महेशवारीमा सम्पन्न

  • असार ७, २०८२
  • ९०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ७ असार । "कला संस्कृति हाम्रो स्वाभिमान । समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान" मुल नाराका साथ हिजो सिरहाको शिक्षा, युवा तथा खेलकुद शाखा सखुवानन्कारकट्टी गाउँपालिका मधेश प्रदेश, नेपालको आयोजनामा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ तथा गणितीय जाँच एवम् म्युजिकल चेयर प्रतियोगिता मा.बि. महेशवारीमा प्र.अ. जिबछ यादवको अध्यक्षतामा र गा.पा. अध्यक्ष केदारनाथ यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। 

शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव द्वारा संचालित उक्त कार्यक्रममा पालिका भित्रका बीस वटै बिधालयका प्र.अ., शिक्षक र बिद्यार्थीहरुलाई सहभागी गराइएको थियो। अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ, गणितीय जाँच तथा म्युजिकल चेयर प्रतियोगिता विद्यार्थीहरूमा सिर्जनात्मक सोच, बौद्धिक क्षमताको विकास, गणितप्रतिको रुचि अभिवृद्धि, टोली कार्यको भावना तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागिता अभिवृद्धि गर्नु मुख्य उद्देशयका साथ स्थानीय सरकारले यस्तो कार्यक्रम संचालनमा ल्याएको गा.पा. अध्यक्ष तथा आजको कार्यक्रमको प्रमुख अतिथी केदारनाथ यादवले बताएका छन।

प्रतियोगिताका विधाहरूको बारेमा शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले हाजिरीजवाफ प्रतियोगिता (Quiz Competition) द्वारा बिद्यार्थीहरुमा सामान्य ज्ञान, इतिहास, भूगोल, विज्ञान, साहित्य आदि बिषयमा भरपुर ज्ञान हुने भएको र हरेक बिधालयका शिक्षक बिद्यार्थी एक ठाँउ भेला भइ सिकाइ आदानप्रदान हुने मुख्य थलो यो कार्यक्रम भएकोले यसलाई बर्षमा कम्तिमा २/३ पटक यस्तै कार्यक्रम भैरहेको बताएका थिए।

आजको कार्यक्रममा आधारभुत बिधालय तर्फ बीस वटै बिधालयको बिद्यार्थीहरुलाई गणितीय जांच र म्युजिकल प्रतियोगिता र चार मा.बि. मौवाही, सोठियाइन, महदेवा पोर्ताहा र महेशवारीका बिद्यार्थीहरुलाई हाजरी जवाफ प्रतियोगितामा सहभागी गराइएको थियो जसमा मा.बि. महदेवा पोर्ताहा प्रथम भएका छन। कार्यक्रममा सहभागी प्रत्येक विधामा प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने विद्यालय/विद्यार्थीलाई प्रमुख अतिथी केदारनाथ यादव द्वारा ट्रफी, प्रमाणपत्र तथा पुरस्कार वितरण गरि कार्यक्रमको प्र.अ. जिबछ यादव द्वारा समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१