Siraha Times सिरहा नं.१

अधिकृत श्रीवास्तव पक्राउ परेपछि उनका सहयोगीहरु सम्पर्क विहिन हुदै, अख्तियारको प्रशंसा, जनतामा खुशी

  • असार ६, २०८२
  • २२८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ६ असार । पोखरिया नगरपालिकाका तत्कालिन नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र करारका कर्मचारी संदिप साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले शुक्रवार बिहान पक्राउ गरेको छ । भ्रष्ट प्रवृतिका अधिकृत अजय श्रीवास्तव पक्राउ परेको खबर पोखरियावासीले सुने पछि अख्तियारलाई जनस्तरबाट प्रशंसा भईरहेको छ । हरेक निर्माण व्यवसायी, सप्लायर्स र एनजिओहरुलाई कार्यदेश दिने बेला र भुक्तानी गर्ने बेलामा कमिशन लिने बानी बसालेका अधिकृत श्रीवास्तवले पोखरियामा गए देखि भ्रष्टाचारमा लिप्त रहदै सो नगरपालिकामा अनावश्यक तरिकाले बिना औचित्य करिब ४ सय कर्मचारी भर्ना गरेका थिए ।

अधिकृत श्रीवास्तवले कर्मचारी नियुक्ती, कमिशन, बिलासिताका सामग्री खरिद लगायतमा करोडौं करोड भ्रष्टाचार गरी मालामाल भएको नगरवासीहरुले गुनासो गर्दै आएका थिए । हुन त भ्रष्ट अधिकृतले गरेका कैयौं भ्रष्टाचारजन्य कार्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भए पनि तथ्य सहित भ्रष्टाचारका कर्तुतहरु फेला परे पछि अख्तियारले अधिकृत श्रीवास्तवलाई पक्राउ गरेको स्रोतले जनाएको छ । भ्रष्ट अधिकृत श्रीवास्तव र उनका बिचौलियहरुले प्रति व्यक्ति २ देखि ३ लाख सम्म असुली दर्जनौं कार्यालय सहयोगी, सुपरभाईजर, गार्ड, सामाजिक परिचालक, कम्प्यूटर अपरेटर, स्विपर, स्वयंसेवक शिक्षक, फायरमैन, जेसिबी ड्राईभर लगायतका पदहरुमा करिब ४ सय जनालाई बिना विज्ञापन नियुक्ती गरेको बताईन्छ । सयौं व्यक्तिहरुले रकम दिई नियुक्ती लिए पनि हालसम्म तलब नपाएकोमा अधिकृत श्रीवास्तव र उनका बिचौलियाहरुलाई तथानाम गाली गर्दै आफ्नो रकम फिर्ता मागिरहेको भएतापनि सो रकम केहीको फिर्ता भए पनि करिब ९० प्रतिशतलाई फिर्ता नभएको स्रोतले जनाएको छ । नटवरलाल अधिकृत श्रीवास्तवले गरेका कालाकर्तुतहरुमा लेखापाल मन्दिप महतो, योजना तथा प्रशासन प्रमुख संजय पाण्डे, तत्कालिन जिन्सी प्रमुख मनोज साह लगायतको भरपर्दो सहयोगले अधिकृत श्रीवास्तव भ्रष्टाचारजन्य कार्यहरु गर्न सफल भएको स्रोतको कथन रहेको छ । 

पोखरिया नगरपालिकामा भ्रष्टाचारजन्य कार्यहरुबाट आएको रकमबाट भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवको भागमा ५० प्रतिशत र ५० प्रतिशतमा लेखापाल महतो, योजना तथा प्रशासन प्रमुख पाण्डे, तत्कालिन जिन्सी प्रमुख साह लगायतकालाई भाग छुटयाउने गरिएको स्रोतको कथन रहेको छ । अधिकृत श्रीवास्तवले भ्रष्टाचारको रकमबाट पोखरा र वीरगंजको मुर्लीमा आलिशान महल बनाउन सफल भएका छन् भने कैयौं घडेरीहरु आफ्ना आफ्न्तजनको नाममा किन्न सफल भएको स्रोतले जनाएको छ । त्यसैगरी लेखापाल महतोले आफ्ना आफ्न्तजनको नाममा दर्जनौ घडेरी र वीरगंजबाट काठमाडौं चल्ने करिब एक दर्जन टाटासुमो किनी भाडामा कुदाईरहेको स्रोतको कथन रहेको छ । 

त्यसैगरी संजय पाण्डे र मनोज साहले आफ्ना आफ्न्तजनको नाममा वीरगंजमा घडेरी र गाउँमा खेतहरु जोडन सफल भएको स्रोतको भनाई रहेको छ । नटवरलाल अधिकृत श्रीवास्तव पक्राउ परे पछि लुकेर बसेका उनका सहयोगीहरु महतो र साह सँग मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा मोबाईलको स्विच अफ रहेको पाईयो । त्यसैगरी पाण्डेलाई मोबाईल फोन गर्दा रिङ्ग गईरहे पनि सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

लहानमा कुशवाहा कल्या ...

रहमुल, लहान, २९चैत । सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१