ताजा समाचार

लहान वडा नं. ९ को नयाँ वडा कार्यालय भवनको छत ढलान कार्य शुभारम्भ

  • असार ४, २०८२
  • ९७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढलान कार्य शुभारम्भ गरिएको छ। विधिपूर्वक पूजा–पाठसहित वडाध्यक्ष घुरन थारुको नेतृत्वमा वडाका जनप्रतिनिधिहरू, कर्मचारी तथा स्थानीयबासीको उपस्थितिमा छत ढलान कार्य सुरु गरिएको हो।

वडाध्यक्ष थारुले शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भवन निर्माण सम्पन्न भएपछि वडा कार्यालयबाट नागरिकलाई अझ सहज, प्रभावकारी र नियमित सेवा प्रवाह हुने विश्वास व्यक्त गरे। उहाँले निर्माण कार्यमा गुणस्तर र पारदर्शितामा कुनै सम्झौता नगरिने प्रतिबद्धता पनि जनाउनुभयो। वडा सदस्यहरु कमला बत्ती देवि , यश कुमार चौधरी ,राज कुमार मल्ल, लगन बत्ती मोची लगायत अन्य प्रतिनिधिहरुले पनि बोल्दै भवन निर्माणमा सबैको सहयोग अपरिहार्य भएको बताए। उहाँहरुले स्थानीयवासीको विश्वास र अपेक्षालाई ध्यानमा राखेर छिटोभन्दा छिटो भवन सम्पन्न गरिने बताए।

यस अवसरमा निर्माण कम्पनीका इन्जिनियर र प्राविधिक टोलीले भवनको निर्माण प्रक्रिया, लागत र समयावधि सम्बन्धी जानकारी दिएका थिए। झण्डै ३५ लाख २२ हजार रुपैयाँको लागतमा निर्माण हुँदै गरेको सो वडा कार्यालय भवनको पहिलो तला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने छत ढलानपछि बाँकी आन्तरिक संरचना, प्लास्टर, ढोका–झ्याल तथा पेन्टिङको काम सुरु हुने वडा कार्यालयले जनाएको छ।

शुभारम्भ कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला समूह, युवा क्लब तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। वडाध्यक्ष थारु सहित उपस्थित सबैले निर्माण कार्य समयमै सम्पन्न गर्न जनसहभागिताका साथ निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤