ताजा समाचार

७ दिने नाटक तालिम “अभिनयशाला” सम्पन्न

  • असार ३, २०८२
  • १४४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना किशोर किशोरी हरुको सहभागितामा मुक्ति नेपालको आयोजनामा ७ दिने नाटक तालिम (अभिनयशाला) सम्मपन्न भएको छ । 

जेष्ठ २७ गते देखि सुरु भई असार २ गते सम्म चलेको उक्त तालिममा सहभागिहरुलाई अभिनयका विभिन्न टूलहरू सिकाइएको छ जसमा माइम , आशु रचना , नव रस, मुर्ति अभ्यास , शरीर र आवाजको अभ्यासहरू , शारीरिक हाउभाउ, भावना र अभिव्यक्ति , शारीरिक मुद्राका आयामहरू, ध्यान, एकाग्रता आदि सिकाइएको थियो भने तालिम पश्चात् प्रशिक्षार्थीहरूले सहभागितामूलक प्रक्रियाबाट तालिममा सिकेका कुराहरू प्रयोग गरेर एउटा नाटकको निर्माण गरेका थिए जसमा सामाजिक कुरिती, अभिभावकको अभिभावकत्वमा कमजोरी, साथीसंगतको असर, विद्यालयमा शिक्षकको लापरवाही, समाजिक संजालको दुरूपयोग जस्ता विषयवस्तु समेटिएको थियो भने नाटकलाई भागी विवाह तथा बालविवाह को विषयवस्तुमा केन्द्रित गरिएको थियो ।

नाटक निर्माण पश्चात् गोलबजारको श्री जनता माध्यमिक विद्यालय गोलबजार ४ मा “पश्चाताप” नाटकको प्रस्तुती र मंचन गरी सिकेका सीप देखाइ नाटकको समापन गरीएको थियो । प्रशिक्षणको अन्तिम समयमा प्रमाण पत्र वितरण गरी सहभागिहरुको उज्वल भविष्यको कामना गर्दै, मुक्ति नेपाल की अध्यक्ष देव कुमारी महराले नाटक तालिम राख्नुको मुख्य उद्देश्य बाल बालिका भित्र रहेको कला लाई बाहिर ल्याई त्यसलाई समाजमा रहेको हानिकारक परम्परागत अभ्यास हरुमा परिवर्तन ल्याउन र उन्मुलन गर्नुमा वहाँहरुको कलाले पनि सहयोग पुगोस् भनी तालिम आयोजना गरीएको बताउनु भयो ।

प्रशिक्षक (कलाकार) अनिल कुर्मीले यस्ता प्रशिक्षणले प्रशिक्षार्र्थीहरूमा नाटकको कलात्मक, प्राविधिक, सैद्धिन्तिक तथा यसको बहउुपयोगिता सम्बन्धि ज्ञान तथा सीपको सिर्जना गर्नु हो । तालिमले प्रशिक्षार्र्थीहरूमा आफूलाई को हुँ भनेर चिन्ने, आफ्नो महत्व के हो भनेर बुझ्ने, आफूभित्र रहेको प्रतिभालाई बाहिर ल्याउने र त्यसलाई अभिनयका विभिन्न टूलहरूको प्रयोग गरेर माझ्ने अवसर प्राप्त गरेका छन् ।

अभिनयका अभ्यासहरू तथा रङ्गमञ्चिय खेलहरू मार्फत सञ्चालन भएकोले अभिनयको कलामा कौशल्यता प्राप्त गराउनुका साथै निजी जिवनमा पनि दैनिक रूपमा बहुआयामिक ढङ्गले उपयोग गर्न सकिने सीपहरूको विकास हुने भन्दै किशोर, किशोरी अवस्थामा रहेका यी प्रशिक्षार्र्थीहरू सम्भाव्यताले भरिपूर्ण छन्, एकदमै सिर्जनात्मक क्रियशीलताले भरिपूर्ण छन् र सिक्नका लागि लालाहित छन् ।

यसरी नै यी मष्तिकहरूलाई कलात्मक ढङ्गले मलजल गर्न सकियो भने यिनीहरूको विकास र वृद्धि अवश्य हुन्छ । कला क्षेत्रमा राम्रो प्रतिभाको रूपमा स्थापित हुन सक्छन् । तालिमलाई शून्यबाट सुरूवात गरेर प्रशिक्षार्थीहरूलाई एउटा सक्षम कलाकारको रूपमा तयार गरीएको छ । यस तालिमको लक्ष्य प्रशिक्षार्र्थीहरूमा व्यक्तित्व विकास, संवेदनशीलता, समाज रूपान्तरण, र समाजमा शान्ति निर्माण गर्नु पनि रहेको बताउनु भयो । 

प्रशिक्षार्थिहरुले भने, हामीले सुरु सुरुमा यसलाई सिरीयसली लिदैन थिए तर जब हामी यसबारे बुझ्न थाले हामी आफै सिरीयस हुदै गए र अभिनय अनुरुपको हावभावमा केन्द्रित हुन थाले मुक्ति नेपाल र हाम्रा प्रशिक्षक सरलाई धेरै धेरै धन्यवाद दीन चाहन्छु । आगामी दीनमा यस्तै सचेतनामुलक नाटक निर्माण गरी ठाउ ठाउमा प्रस्ुत गर्ने छौं र परिवर्तन का संवाहक बनन प्रयास गर्ने छौं ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤