Siraha Times
ताजा समाचार

लहानमा अन्तरविद्यालय स्तरीय डान्स प्रतियोगिता सुरु, ११५ विद्यालयको सहभागिता हुने

  • असार २, २०८२
  • १०१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २ असार । स्थानीय स्तरमा नयाँ प्रतिभाहरूको खोजी र सम्मान गर्ने उद्देश्यले सिरहाको लहानमा “हाम्रो कला, हाम्रो पहिचान; संयुक्त मिथिला कलाकारलाई सम्मान” भन्ने मूल नारासहित अन्तरविद्यालय स्तरीय डान्स तथा सिङ्गिङ प्रतियोगिता भव्य रुपमा सुरु भएको छ । आयोजक प्याप्सन सिरहा शाखा तथा संयुक्त मिथिला कलाकार नेपालको अनुसार असार २ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यहाँका एक सय १५ वटा विद्यालयका विद्यार्थीहरूले नृत्य र गायन विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

सिर्जनात्मक र सांस्कृतिक चेतनालाई प्रवद्र्धन गर्दै बालबालिकाको प्रतिभालाई उजागर गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगिता सिरहा जिल्लाको शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा एक ऐतिहासिक पहलका रूपमा लिइएको छ । विद्यालयस्तरमा आयोजना भइरहेको यो कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता, प्रस्तुति कौशल तथा सांगीतिक अनुशासनको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कार्यक्रमका निर्देशक गजेन्द्र गजुले बताउनुभयो ।

प्रतियोगितामा डान्स विधाको निर्णायकका रूपमा श्याम सिंह, ललित चौधरी र सूर्य नारायण चौधरी रहेका छन् । उता, गायन विधामा निर्णायकको भूमिका कुशेश्वर साह, सरोर सन्त, र मोनालिसा उपाध्यायले निर्वाह गर्दै छन् । कार्यक्रमको उदघाटन सोमबार लहान—१ स्थित विद्यामन्दिर स्कुलबाट भएको थियो ।

कार्यक्रमको प्रस्तुतिका लागि आराधना चौधरीले होस्टको रूपमा आकर्षक ढंगले कार्यक्रमलाई सञ्चालन गरिरहनुभएको छ । सम्पूर्ण कार्यक्रमलाई दृश्यमा उतार्ने जिम्मेवारी क्यामेराम्यान शिव थारुले सम्हालिरहेका छन् ।

यस प्रतियोगिताले विभिन्न विद्यालयका नवप्रतिभाहरूलाई एउटै मञ्चमा ल्याएर भविष्यका कलाकारको खोजी गर्न सहयोग गर्ने विद्यामन्दिर स्कुलका प्रिन्सिपल क्षितिज सिंह दनुवारको भनाई छ । डान्स तथा सिङिङ दुबै विधामा प्रतिस्पर्धा तीव्र देखिएको छ र विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

भारततर्फ तस्करी गर्न ...

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१