ताजा समाचार

सिरहाका सिमावर्ती क्षेत्र लागू औषध को अखाडा बन्दै, बरियारपट्टीबाट एक पक्राउ

  • असार २१, २०७६
  • १९५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा असार २१ । सिरहाको बरियारपट्टी बाट एक जनालाई लागुऔषध सहित नेपाल प्रहरीले पक्राउ गरेका छन । भारतको लदनियावाट जिरोमाईल जानेक्रममा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ हवल्दार चौक स्थित सिटी रिक्सा लाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेको हो । इलाका प्रहरी कार्यालय बरियारपट्टी वाट खटिएको प्रहरी टोलिले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० वस्र्ने चित्र विकको छोरा अन्दाजी वर्ष २० को खेमराज विक कालो झोलामा डाइजापाम ८ पिस, फेनरागन ९ पिस, नरफिन ९ पिस बरामद गरेका छन ।

लागुऔषध र विकलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरीले वताएका छन। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयको सिरहाको डिएसपि प्रवक्ता अपिलराज वोहराले वताएका छन । 'जुन जोगी आएपनी कानै चिरेको भने झै' जुन प्रहरी प्रमुख आएपनी सिरहाको अवस्था खासै नफेरिएको स्थानीयहरु बताउँछन् । सरुवा भएर आउने नयाँ जिल्ला प्रहरी प्रमुखहरुले शुरुमा आफ्नो जति बडाई गरेपनि तस्करी र लागुऔषध नियन्त्रण गर्ने सवालमा उल्लेखनीय प्रगति नगरेको यहाँका वासीहरुको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤