Siraha Times
ताजा समाचार

सेवा निवृत्त शिक्षकबाट समाजसेवाको अनुपम उदाहरण : निजी चार धुर जग्गा रबिदास सेवा समितिलाई दान

  • जेठ २३, २०८२
  • ८२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान जेठ २३ । सिरहाको धनगढीमाई नगरपालिका–२ भवानीपुरका सेवा निवृत्त शिक्षक काशीलाल चौधरीले समाजसेवाको अनुकरणीय उदाहरण प्रस्तुत गर्दै लाखौँ रुपैयाँ बराबरको निजी चार धुर जग्गा रबिदास सेवा समिति भवानीपुरलाई दान गरेका छन्।

समितिका अध्यक्ष जोगिन्द्र रामलाई विधिवत् लालपुर्जासहित जग्गा हस्तान्तरण गर्दै चौधरीले सामाजिक दायित्वप्रति आफ्नो दृढ प्रतिबद्धता प्रस्तुत गरेका हुन्। उक्त जग्गा हस्तान्तरण कार्यक्रम स्थानीय समाजसेवी राम आशिष रायको विशेष पहलमा सम्पन्न भएको थियो। राय २०४३ सालदेखि सामाजिक सेवामा निरन्तर क्रियाशील छन् र समाजको हकहितमा विभिन्न पहल गर्दै आइरहेका छन्।

भवानीपुरस्थित चमार समुदायको बाहुल्य रहेको बस्तीमा हाल करिब ८२ घरधुरी रहेका छन्। तीमध्ये अधिकांश परिवारसँग निजी जग्गा नहुँदा वर्षौंदेखि सरकारी जमिनमा आश्रित जीवन बिताउँदै आएका छन्। मुसहर, तेली, बिक, पहाडी र थारु जातीय समुदायको मिश्रित बसोबास रहेको यस टोलका बासिन्दाहरू सामाजिक तथा भौतिक पूर्वाधारको अभावमा पीडित छन्।

काशीलाल चौधरीले दान गरेको जग्गा सामुदायिक भवन निर्माणका लागि प्रयोग गरिने र उक्त भवन सबै समुदायका लागि खुल्ला रहने रबिदास सेवा समितिका अध्यक्ष जोगिन्द्र रामले जानकारी दिए। छ वर्षअघि मोरङको दागरबैरीया स्थित किसान निमावि विद्यालयबाट सेवा निवृत्त भएका चौधरीको यो योगदानले समुदाय सशक्तीकरण र सामाजिक समावेशीताको दृष्टिकोणले गहिरो सन्देश दिएको स्थानीयवासीहरूले बताएका छन्। उनका अनुसार यस्तो योगदानले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वास लिइएको छ। स्थानीय तहका प्रतिनिधिहरू, सामाजिक अभियन्ता, बुद्धिजीवी र सर्वसाधारणले चौधरीको योगदानप्रति आभार प्रकट गर्दै भवानीपुरको समग्र विकासमा यो कदम कोसेढुंगाको रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१