Siraha Times
ताजा समाचार

लहानमा नियोजित रूपमा बत्ति कटौती गरिएको गुनासो, विद्युत प्राधिकरणको विभेदकारी व्यवहारप्रति जनआक्रोश

  • जेठ २३, २०८२
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ २३ । लहान विद्युत प्राधिकरण शाखामाथि स्थानीय बासिन्दाले नियोजित रूपमा विभेद गर्दै जनतामाथि अन्याय गरेको गम्भीर आरोप लगाएका छन्। विशेषगरी लहान नगरपालिका अन्तर्गतका वडाहरू—१९, २०, २१ र २३ का बासिन्दाहरू अन्धकारमा बस्न बाध्य भएको गुनासो गरिरहेका छन्।

स्थानीयहरूको आरोप अनुसार, पहिलेदेखि नै ब्रह्मान, गोर्छारी, हरिनगरा, माधोपुर हुँदै बजार क्षेत्रसम्म जाने विद्युत लाइनलाई प्राधिकरणले कुनै औपचारिक जानकारी बिना नै "गुपचुप चोरबाटो" अपनाउँदै हटाएर ठाडी फिडरमार्फत लाइन सप्लाई गर्ने निर्णय गरेको छ। यस निर्णयको प्रत्यक्ष मार लहान नगरपालिका क्षेत्रका वडाहरूमा परेको छ, जसले गर्दा बारम्बार बत्ती जानुका साथै सन्तुलित आपूर्ति नहुँदा जनजीवन कष्टकर भएको छ।

बोर्डर साइडतर्फ विद्युत आपूर्तिमा सामान्य समस्या देखिए पनि त्यसको असर लहानकै ती वडाका नागरिकलाई पर्ने गरेको छ। विद्युत आपूर्तिमा समस्या आइपरेपछि सजिलै ठाडी फिडरको लाइन बन्द गरिँदा ती वडाका बासिन्दाहरू घण्टौँ अन्धकारमा बस्न बाध्य हुन्छन्। यो अवस्था लगातार दोहोरिरहँदा नागरिकले आफ्नो दैनिकी चलाउन कठिन भएको बताएका छन्।

स्थानीय बासिन्दा श्याम ठाकुर भन्छन्, “हामी बजार क्षेत्रमै बस्छौँ, तर बत्ती आउन/जान ठाडी गाउँको नियन्त्रणमा छ। हाम्रो ठाउँमा समस्या नभए पनि उनीहरूको सानो गडबडीले हामी बिनाकारण पीडित हुन्छौँ।”विद्युत प्राधिकरणका स्थानीय अधिकारीहरूसँग पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिहरूले समेत यस विषयमा चासो नदेखाएको जनगुनासो रहेको छ।

स्थानीयहरूले यस प्रकारको विभेदकारी व्यवहार तत्काल बन्द गर्न माग गर्दै नगरपालिका र सम्बन्धित सरोकारवाला निकायसँग सत्यतथ्य छानबिन गरिनु पर्ने बताएका छन्। यदि चाँडै समाधान नआए कडा आन्दोलनको चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१