विनोद मण्डल,लहान, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा धनगढीमाई नगरपालिकाको सभाहलमा ‘जलवायु न्यायका लागि नगर प्रमुखसँग अन्तरक्रिया कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव तथा दिगो विकासका लागि स्थानीय सरकारको भूमिकामा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो ।
कार्यक्रमको आयोजना दलित जनकल्याण युवा क्लब, लाहान–१० सिराहाले गरेको हो भने धनगढीमाई नगरपालिका संयोजनकर्ताको रूपमा रहेको थियो । साथै, ActionAid नेपालले सहकार्य गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । अनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख शिवशंकर महतो, एकता युवा सञ्जाल धनगढीमाईका पदाधिकारीहरू, महिला अधिकार मञ्च धनगढीमाईकी अनिता चौधरीसहित प्रतिनिधिहरू, पत्रकार तथा दलित जनकल्याण युवा क्लबका प्रेम राम र शोभा बरालको सहभागिता समेत रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नगरको वातावरणीय अवस्था र जलवायु न्यायसँग सम्बन्धित करिब दुई दर्जनभन्दा बढी प्रश्नहरू नगर प्रमुख महतोलाई राखेका थिए । मेयर महतोले करिब ५५ मिनेटको समय लिएर सहभागीहरूको सबै जिज्ञासाहरूको जवाफ दिएपछि सहभागीहरू सन्तुष्ट भएका थिए । सहभागीहरूले मेयरसँग यसरी प्रत्यक्ष संवाद गर्न पाउनु सुखद अनुभूति भएको बताएका छन । मेयर महतोले कार्यक्रममा सरल र स्पष्ट तवरले आफ्नो प्रस्तुति दिएका थिए, जसले सबै सहभागीहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
मेयर महतोले नगर क्षेत्रका विभिन्न स्थानमा करार खेती सञ्चालन गरिएको जानकारी गराउँदै चुरे संरक्षणका लागि नेपाल आर्मीमार्फत करिब ६० हजार रुख बिरुवा रोपिएको र आउँदो असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा थप ३० हजार बिरुवा रोपेर वातावरण संरक्षणमा अग्रसर हुने घोषणा गरे । शोभा बरालको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रम करिब दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic