विश्व वातावरण दिवसको अवसरमा धनगढीमाईमा ‘जलवायु न्यायका लागि मेयर महतोसंग अन्तरक्रिया कार्यक्रम’ सम्पन्न

  • जेठ २३, २०८२
  • ७२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,लहान, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा धनगढीमाई नगरपालिकाको सभाहलमा ‘जलवायु न्यायका लागि नगर प्रमुखसँग अन्तरक्रिया कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव तथा दिगो विकासका लागि स्थानीय सरकारको भूमिकामा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो ।

कार्यक्रमको आयोजना दलित जनकल्याण युवा क्लब, लाहान–१० सिराहाले गरेको हो भने धनगढीमाई नगरपालिका संयोजनकर्ताको रूपमा रहेको थियो । साथै, ActionAid नेपालले सहकार्य गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । अनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख शिवशंकर महतो, एकता युवा सञ्जाल धनगढीमाईका पदाधिकारीहरू, महिला अधिकार मञ्च धनगढीमाईकी अनिता चौधरीसहित प्रतिनिधिहरू, पत्रकार तथा दलित जनकल्याण युवा क्लबका प्रेम राम र शोभा बरालको सहभागिता समेत रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले नगरको वातावरणीय अवस्था र जलवायु न्यायसँग सम्बन्धित करिब दुई दर्जनभन्दा बढी प्रश्नहरू नगर प्रमुख महतोलाई राखेका थिए । मेयर महतोले करिब ५५ मिनेटको समय लिएर सहभागीहरूको सबै जिज्ञासाहरूको जवाफ दिएपछि सहभागीहरू सन्तुष्ट भएका थिए । सहभागीहरूले मेयरसँग यसरी प्रत्यक्ष संवाद गर्न पाउनु सुखद अनुभूति भएको बताएका छन । मेयर महतोले कार्यक्रममा सरल र स्पष्ट तवरले आफ्नो प्रस्तुति दिएका थिए, जसले सबै सहभागीहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

मेयर महतोले नगर क्षेत्रका विभिन्न स्थानमा करार खेती सञ्चालन गरिएको जानकारी गराउँदै चुरे संरक्षणका लागि नेपाल आर्मीमार्फत करिब ६० हजार रुख बिरुवा रोपिएको र आउँदो असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा थप ३० हजार बिरुवा रोपेर वातावरण संरक्षणमा अग्रसर हुने घोषणा गरे । शोभा बरालको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रम करिब दिउँसो ३ बजे सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज प् ...

वीरगंज ११ मंसिर । वीरगञ्जमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट ...

बलान विहुलमा पूर्व अ ...

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास स ...

लैङ्गिक हिंसा विरूद् ...

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१