Siraha Times
ताजा समाचार

ट्राफिक जनचेतनामूलक सप्ताह सिरहामा सुरु

  • जेठ २२, २०८२
  • ९३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, जेठ २२ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको आयोजनामा आजदेखि सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८२ सुरु भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भयो।

सिरहा प्रहरी प्रमुख एसपी अन्नतराम शर्माको अध्यक्षतामा आयोजित उक्त उद्घाटन समारोहका प्रमुख अतिथि लहान नगरपालिकाका मेयर महेश चौधरी थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, सशस्त्र प्रहरी बल सिरहाका एसपी नरेश भण्डारी, जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारदा, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भएर प्रभातफेरी गरिएको थियो, जसले ट्राफिक नियमबारे आम जनमानसमा चेतना जगाउने उद्देश्य राखेको थियो। ब्यानर, प्लेकार्ड र नारासहित गरिएको प्रभातफेरीले सडक सुरक्षामा बालबालिकादेखि अभिभावकसम्मको सहभागिता देखाएको थियो।

सप्ताहभर सञ्चालन हुने कार्यक्रमहरूबारे जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख पोषण थपलियाले जनाए अनुसार, "दुर्घटना न्यूनीकरण हाम्रो साझा लक्ष्य" भन्ने नारासहित विभिन्न स्थानमा सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू, सवारी चेकजाँच, स्टीकर टाँस्ने, माईकिङ गर्ने लगायतका विविध गतिविधिहरू सञ्चालन गरिनेछ।

प्रहरी प्रमुख एसपी शर्माले उद्घाटन कार्यक्रममा ट्राफिक नियमको पालना गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै, जनसहभागिताबाट मात्रै सडक दुर्घटना नियन्त्रण गर्न सकिने बताए। प्रमुख अतिथि मेयर महेश चौधरीले ट्राफिक नियम पालनाले दुर्घटनाबाट बच्न सकिने भन्दै यस्ता कार्यक्रमले समुदायमा सचेतना फैलाउने कार्यमा सहयोग पुग्ने धारणा राखे।

कार्यक्रममार्फत सडक प्रयोगकर्तालाई अनुशासित बनाउने, सवारी चालकलाई सुरक्षित यात्राप्रति सचेत गराउने र समुदायलाई ट्राफिक नियमको महत्त्वबारे जानकारी दिने प्रयास गरिएको छ। ट्राफिक जनचेतना सप्ताहले सडक सुरक्षा प्रवर्द्धन गर्दै स्थानीय तहसँग समन्वयमा दीर्घकालीन प्रभाव पार्ने विश्वास आयोजकको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१