लहान हात्तिदहमा ५२औ विश्व वातावरण दिवस २०८२ मनाइयो

  • जेठ २२, २०८२
  • ४२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, २२ जेठ । “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने मूल नाराका साथ लहान १५ को हात्तिदहमा ५२औ विश्व वातावरण दिवस २०८२ भव्य रूपमा मनाइएको छ । डिभिजन वन कार्यालय सिराहा, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समिति, लहान–१५ र संरक्षण अभियानको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न गरिएको हो ।

May be an image of 1 person

कार्यक्रम अन्तर्गत लहान नगरपालिका वडा नं. १५ मा विभिन्न प्रजातिका वनस्पति तथा फलफूलका बिरुवाहरू रोपेर वातावरण संरक्षणको सन्देश फैलाइएको छ । डिभिजन वन कार्यालय लहान, सिरहाका अनुसार यस्तो कार्यले हरित क्षेत्र विस्तार, जैविक विविधताको संरक्षण, र जलवायु सन्तुलनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

May be an image of 7 people, grass, tree and text

कार्यक्रमको अध्यक्षता डिविजन वन कार्यालय लहानका निमित्त अधिकृत मनोज कुमार कर्ण, प्रमुख अतिथि लहान नगरपालिका–१५ का वडा अध्यक्ष तेज नारायण चौधरी थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरी, राष्ट्रिय कृषक समूह महासंघ नेपालकी प्रतिनिधि शोभा कुमारी पासमान, तथा संरक्षण परियोजनाका प्रतिनिधि टेनेंद्र र दीपेन्द्र साह कोईरालो सामुदायिक वन उपभोगता समितिका अध्यक्ष रुद्र नारायण चौधरी, बाबाजी सामुदायिक वन उपभोगता समितिका अध्यक्ष जागेश्वर चौधरीको उपस्थिति रहेको थियो।

May be an image of 5 people, collard greens and tree

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, सञ्चारकर्मी, स्थानीय अगुवा, र सामुदायिक सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वक्ताहरूले वातावरण संरक्षणका विविध पक्षबारे धारणा राख्दै प्लास्टिकजन्य प्रदूषण आजको प्रमुख विश्वव्यापी चुनौती भएको औँल्याए। उनीहरूले स्थानीय तहमा सचेतना अभियान सञ्चालन गर्दै समुदायमैत्री गतिविधि गर्नुपर्नेमा जोड दिए।

May be an image of 10 people, tree and text

डिभिजन वन कार्यालयका निमित्त अधिकृत मनोज कुमार कर्णले वातावरणको संरक्षण र सम्बर्द्धनमा सबै नागरिकले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए। “हरेक नागरिकले आफ्नो क्षेत्रमा कम्तीमा एउटा बिरुवा रोप्ने संकल्प गरेमा वातावरणीय सन्तुलन कायम राख्न सकिन्छ,” उनले भने ।

May be an image of 9 people

कार्यक्रममा संचारकर्मी जीबछ चौधरीले जलवायु परिवर्तनका असरहरू ग्रामीण जीवनशैलीमा प्रत्यक्ष देखिन थालेको उल्लेख गर्दै वातावरणमैत्री अभ्यासलाई जीवनशैलीकै अङ्ग बनाउन आग्रह गरे । केही विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी कविता, चित्रकला, र छोटो नाटकसमेत प्रस्तुत गरेका थिए। यस्ता सिर्जनात्मक गतिविधिले उनीहरूमा वातावरणप्रतिको चेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा आयोजकहरूले व्यक्त गरे।

May be an image of 7 people, grass, tree and text

यस अवसरमा कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रूद्र नारायण चौधरिले सामुदायिक वनमार्फत स्थानीय तहमा हरियाली अभियानलाई निरन्तरता दिइने जानकारी गराएका थिए। डिभिजन वन कार्यालय लहानले आगामी दिनमा जिल्लाका अन्य सामुदायिक वन क्षेत्रहरूमा समेत यस्ता अभियान सञ्चालन गर्ने योजना रहेको जनाएको छ । वातावरण संरक्षणको विषयमा स्थानीय समुदायलाई सक्रिय बनाउँदै दीर्घकालीन समाधानका लागि सहकार्य र सहभागिता बढाउनु आवश्यक रहेको वन कार्यालयका अधिकारी राधेश्याम चौधरीले बताए । कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाहरूको योगदान रहेको आयोजक संस्थाले बताएका छन्। उनीहरूका अनुसार वातावरण दिवस जस्तो महत्त्वपूर्ण अवसरमा गरिएको वृक्षारोपण अभियानले हरित प्रदेश निर्माणमा सन्देशमूलक भूमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

जनकपुरधाममा लोकतान्त ...

जनकपुरधाम, जेठ/२३ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आज पार्टी ...

चेतनामूलक कार्यक्रमक ...

शिव दयाल यादव सिरहा जेठ २३ । कल्याणपुर नगरपालिकामा चेतनामूलक कार्यक्रम, नाटक तथा तालिम जस्ता शीर्षकम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१