Siraha Times
ताजा समाचार

सप्तरीको बलान बिहुल गाउँपालिकाले किसानको सिंचाइ मिटरको विद्युत् महसुल तिर्ने

  • जेठ २२, २०८२
  • ७२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, २२ जेठ। सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाले कृषकका लागि खुशीयालीको खबर ल्याएको छ। अबदेखि कृषकहरूले खेतमा सिंचाइका लागि प्रयोग गर्ने विद्युत् मिटरको महसुल गाउँपालिकाले बेहोर्ने भएको छ। सिँचाइको अभाव, कृषिमा लगानीअनुसार आम्दानी नआएको गुनासो गर्दै आएका किसानहरू यस निर्णयपछि उत्साहित भएका छन्।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमअनुसार "कृषि मिटरको विद्युत महसुल भुक्तानी कार्यक्रम" लागू गर्ने निर्णय गरेको हो। यो कार्यक्रम गाउँपालिकाको ११औं गाउँसभाबाट पारित भएको हो। स्थानीय कृषक श्याम यादवले यो निर्णयलाई जनमुखी र किसान हितको योजना भएको प्रतिक्रिया दिएका छन्। "हामी जस्ता साना कृषकहरूलाई सिंचाइ खर्चको ठूलो बोझ हुन्छ। अब पालिकाले विद्युत् महसुल तिरिदिँदा हामीले सहज रूपमा खेती गर्न पाउनेछौं," यादवले भने।

गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले यो कार्यक्रमले किसानलाई प्रत्यक्ष राहत दिने बताएका छन्। "यसै आर्थिक वर्षमा हामीले कृषि विद्युतीकरणको सुरुवात गरेका छौं। खेतमा पानी पुर्याउन एक करोड रुपैयाँको लागतमा पूर्वाधार निर्माण थालिएको छ," उनले बताए। पालिका कार्यालयले २०८२ जेठ १६ गते सूचना जारी गर्दै, किसानले २०८१ असार मसान्तसम्मको बाँकी विद्युत महसुल स्वयं तिर्नुपर्ने जनाएको छ। यद्यपि, २०८१ साउनदेखि चालु आर्थिक वर्षको विद्युत बिल गाउँपालिकाले तिर्ने भएको छ।

दावीका लागि आवश्यक कागजात कृषकहरूले मिटर बिलको भुक्तानी दावी गर्न निम्न कागजातहरू आवश्यक पर्नेछन्: निवेदन पत्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २०८१ असार मसान्तसम्मको भुक्तानी गरिएको सक्कलै विद्युत बिल २०८१ साउनदेखि बाँकी रहेको सक्कलै विद्युत बिल चालु आ.व. २०८१/८२ को मालपोत रसिदको प्रतिलिपि यी सबै कागजात २०८२ जेठ मसान्तभित्र कृषि विकास शाखामा बुझाउनु पर्नेछ। अन्य सहुलियत कार्यक्रमहरू पनि सञ्चालनमा साथै, गाउँपालिकाले मकै, धान, गहुँ लगायतका बिउमा अनुदान, बालीमा लाग्ने रोगविरुद्ध निःशुल्क कीटनाशक औषधी वितरण, र खेतमै पुगेर कृषी प्राविधिकमार्फत परामर्श सेवा पनि प्रदान गरिरहेको जनाएको छ। अध्यक्ष यादवका अनुसार, "यस्ता कार्यक्रमहरूले कृषि आधुनिकीकरणमा उल्लेखनीय टेवा पुर्‍याउनेछ।"

प्रतिक्रिया दिनुहोस

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

भारततर्फ तस्करी गर्न ...

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१