ताजा समाचार

लहानमा लागुऔषध ओनेरेक्स सिरफका १९३ बोतल सहित एक जना पक्राउ

  • जेठ २१, २०८२
  • ११४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, जेठ २१ । सिरहा जिल्लाको लहानमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका–४ कुमाल टोलबाट ओनेरेक्स सायरपका १९३ बोतल बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मिति २०८२ साल जेठ २० गते बिहान करिब १०:३० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचना पाएपछि निगरानी बढाएको थियो। त्यस क्रममा स–५–प–७४३ नम्बरको मोटरसाइकलमा सवार एक व्यक्ति कुमाल टोल क्षेत्र हुँदै लागुऔषध लिएर गइरहेको अवस्थामा प्रहरीले उनलाई पछ्याएको थियो।

तर प्रहरी देखेपछि मोटरसाइकल चालकले कुमाल टोलमै जुटको बोरा फालेर फरार भएका थिए। बोरा खोलेर जाँच गर्दा निलो प्लास्टिकमा बेरिएको अवस्थामा ‘ONEREX SYRUP 100 ml’ लेखिएको १९३ बोतल लागुऔषध फेला परेको प्रहरीको भनाइ छ। मोटरसाइकल र लागुऔषध नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा ल्याइएको छ।

अनुसन्धानको क्रममा मोटरसाइकलका वास्तविक धनी लहान नगरपालिका–१९ चस्ने निवासी २२ वर्षीय मो. नसरुल रहेको खुलेको छ। फरार रहेका नसरुललाई प्रहरीले सोही दिन (२०८२/०२/२०) दिउँसो करिब २:३० बजे लहान नगरपालिका–७ स्थित लहान बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका नसरुललाई लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ।

प्रहरीका अनुसार ओनेरेक्स सायरप सामान्यतया खोकिको औषधिका रूपमा प्रयोग हुने भए पनि यसलाई मादक पदार्थको रूपमा दुरुपयोग गरिने भएकाले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत प्रतिबन्धित सूचीमा राखिएको छ। प्रहरीले लागुऔषध ओसारपसार र कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाउने कार्यलाई अझ कडाईका साथ अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤