Siraha Times
ताजा समाचार

धनगढीमाईबाट काठमाडौंसम्म: आँपको सुगन्धले बाँध्यो राष्ट्रिय बजार : कृषि क्रान्तिमा मेयर महतोको नेतृत्व

  • जेठ २१, २०८२
  • ७४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, जेठ २१। सिराहा धनगढीमाई नगरपालिका, सिराहाका किसानहरूका लागि एक सुखद खबर आएको छ । यहाँ उत्पादित मौसमी फलफूल विशेषगरी आँप (आँप) अहिले जिल्लाबाहिरका ठूला शहरहरू — काठमाडौं, पोखरा, र नारायणघाट सम्म निर्यात हुन थालेका छन् । यो उपलब्धिको श्रेय जान्छ नगरपालिकाका मेयर शिवशंकर महतोको दीर्घकालीन दृष्टिकोण र योजनाबद्ध प्रयासलाई, जसले नगरभित्रको कृषि उत्पादनलाई राष्ट्रिय बजारमा पुर्याउने सपना साकार तुल्याएका छन् ।

धनगढीमाई नगरपालिकामा फलफूल उत्पादन, विशेषगरी आँप खेती, विगत केही वर्षदेखि प्रोत्साहन हुँदै आएको छ । मेयर महतोले किसानहरूसँग प्रत्यक्ष समन्वय गरी उनीहरूलाई प्रविधि, बीउ, मल, सिँचाइ तथा विपणनको व्यवस्था गर्दै आएका थिए । त्यसैको परिणामस्वरूप अहिले यहाँका गुणस्तरीय आँपहरू राजधानी काठमाडौंसहित ठूला शहरका प्रतिष्ठित खुद्रा बजार ‘बिग मार्ट’मा विक्री वितरणका लागि पठाइन थालेका छन् ।

धनगढीमाईका एक किसान भन्छन्, "पहिला आँप बेच्न स्थानीय हाटबजारमै सीमित थियौं, तर अहिले हाम्रो उत्पादन काठमाडौंको ‘बिग मार्ट’सम्म पुग्दा मन नै खुशी भएको छ। मूल्य पनि राम्रो पाइरहेका छौं ।" मेयर महतोले भने, "कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउने हाम्रो योजना क्रमशः सफल हुँदै गएको छ । स्थानीय किसानको आत्मनिर्भरता र आम्दानी वृद्धि नै हाम्रो मुख्य उद्देश्य हो । हामी अब अन्य फलफूल तथा तरकारी उत्पादनको पनि यस्तै ढंगले राष्ट्रिय बजार विस्तार गर्दैछौं ।"

यो सफलतासँगै धनगढीमाई नगरपालिका कृषि विकासको उत्कृष्ट उदाहरण बन्दै गएको छ । कृषि मात्र जीविकोपार्जनको साधन नभई सम्भावनायुक्त व्यावसायिक क्षेत्र बन्न सक्छ भन्ने कुराको पुष्टि यथार्थमै देखिएको छ । यस्तो खालको पहलले गाउँमा बस्ने किसानलाई पनि आत्मबल र प्रेरणा दिनुका साथै नगरपालिकालाई आर्थिकरूपमा समृद्ध बनाउने दिशामा मार्गप्रशस्त गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१