ताजा समाचार

लहान नगरप्रमुखद्वारा ४८ विपन्न गर्भवती महिलालाई पोषण प्याकेज वितरण

  • जेठ २०, २०८२
  • १६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेठ २० । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले विपन्न तथा आर्थिक रूपमा कमजोर गर्भवती महिलाहरूलाई लक्षित गरी पोषण प्याकेज वितरण कार्यक्रमलाई निरन्तरता दिनुभएको छ। नगरप्रमुख चौधरीको नेतृत्वमा जेठ महिनामा वडा नम्बर २० का ४८ जना गर्भवती महिलाहरूलाई पोषण प्याकेज वितरण गरिएको हो। ‘स्वस्थ आमा, स्वस्थ शिशु’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको यो कार्यक्रम चौधरी नगरप्रमुखमा निर्वाचित भएदेखि नै निरन्तर चलिरहेको छ। मातृ मृत्युदर घटाउने, कुपोषण न्यूनीकरण गर्ने र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यस कार्यक्रमको थालनी गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो। वितरण गरिएको पोषण प्याकेजमा १० किलो चामल, २ किलो दाल, १ किलो नुन, १ किलो मटर र १ लिटर तेल समावेश गरिएको छ। प्याकेज तयार गरी प्रत्येक महिनामा नगरपालिकाका फरक–फरक वडामा वितरण गरिने गरिएको छ।

वडा नम्बर १ बाट सुरु गरिएको यो कार्यक्रम क्रमशः २४ नम्बर वडासम्म पुर्‍याएर फेरि वडा नम्बर १ बाट दोहोर्याइन्छ। यसरी एक वर्षभित्र १२ वटा वडाका महिलाहरूलाई पोषण सामग्री प्रदान गरिन्छ। बाँकी १२ वडाका महिलालाई अर्को वर्ष कार्यक्रममार्फत समेट्ने गरिएको नगरपालिकाले जानकारी दिएको छ। कार्यक्रमका दौरान लाभग्राही महिलाहरूले नगरप्रमुख चौधरीप्रति आभार प्रकट गरेका थिए। उनीहरूले यस्तो कार्यक्रमले गर्भावस्थामा आवश्यक पोषण प्राप्त गर्न सहयोग पुगेको अनुभव सुनाएका थिए। स्वास्थ्य तथा सामाजिक न्यायलाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता अनुसार आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤