लहानको हस्पिटलचौकमा फैमली डेन्टल क्लिनिक सञ्चालनमा

  • जेठ १५, २०८२
  • ५७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेठ १५  । सिरहाको लहान -३ हस्पिटल चौकस्थित अत्याधुनिक फैमली डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।आज बिहीबार लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले फैमली डेन्टल क्लिनिकको रिबन काटेर उदघाटन गरिएको छ।

att.eZtI-CtECdC9NqIhdy74DMu5BJsLESeEeus2NHuZ3X4

नगर प्रमुख चौधरीले रिबन काट्दै भने -"लहानमा आधा दर्जन भन्दा बढी डेन्टल क्लिनिकहरु छन् ।" त्यसमध्ये फैमली डेन्टल अरु भन्दा गुणस्तरीयता कायम गरिस् । बिरामीको मन जितोस् , सर्व-सुलभ रुपमा बिरामीको चाहना अनुरुप सेवाप्रदान होस् भनेर भनेका छन् ।

तया, फैमली डेन्टल क्लिनिकका सञ्चालक डा. मो. अफ्रोज वि.डि.एस , बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( घोपा क्याम्प ) धरानबाट पढेर आफ्नो गाउँठाउँमा सेवा दिन ईच्छुक भएका छन् ।

डा. अफ्रोजका अनुसार - पहिलो महिनको लागि दाँत, मुख, तथा गिजा जाँच गराउन आउँदा २०% देखि ३०% सम्मको छुटसहितको सेवा प्रदान गरिएको बताउनुभयो । क्लिनिक उदघाटन कार्यक्रममा उल्लेखनीय स्थानीयहरु बौद्धिक सर्कलका व्यक्तित्व तथा लहानका डाक्टरहरु, सञ्चारकर्मीहरुको उपस्थिति देखिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१