मर्यादित महिनाबारी बनाउन सबैको भुमिका अनिवार्य

  • जेठ १४, २०८२
  • ३७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास, लाहान, ज्येष्ठ १४ । २८ मेई २०२५ मा हरेक वर्ष महिनाबारी स्वच्छता दीवस मनाउदै आएको छ । यसै अवसरमा गोलबजारको विभिन्न वडामा गठित किशोरी समूह, युवा समूह र विभिन्न विद्यालयमा रहेको किशोरी समुमह, बालक्लबको किशोर किशोरी हरू लगायत १८ जनाको सहभागितामा “मर्यादित महिनावारी बनाउनुमा हाम्रो भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

अहिलेको अवस्थामा यस विषयमा कुरा उठ्न थालेको छ । यो दीवस पहिलो पटक २०१४ मा मनाइएको थियो । महिनावारी स्वास्थ्यमा गरिएको लगानीले बालिका र महिलाको जीवनमा परिवर्तनकारी प्रभाव पार्न सक्छ भन्ने कुरामा जागरूकता जगाउन महिनावारी स्वच्छता दिवस मनाउन थालिएको थियो । र त्यस पछि यो दीवस हरेक वर्ष मेई २८ का दीन मनाइने गरीन्छ । मुक्ति नेपाल गोलबजारको आयोजनामा संचालित उक्त कार्यक्रममा १५ जना किशोरी र ३ जना किशोरले विषयवस्तुमा रही आ–आफ्नो विचार, महिनाबारीको सामाजिक अवस्था, नेपालमा भएको यसबारेको मान्यताहरु समेटीदै आगामी दीनमा यस्ता विषयमा सम्वेदनशील भई हाम्रो भुमिका के कस्तो हुन सक्छ विषयमा बोलेका थिए । 

गोलबजार ११ बल्कावा की आरती रायले हाम्रो समाजमा महिनाबारीलाई लाज मान्ने कुराको रुपमा प्रचलित गरीएको छ । जसले यस विषयमा बोल्न कुरा गर्न अपठेरो लागेर कुरा गर्न नसकेर विभिन्न समस्या भोग्नु परेको प्रसस्तै उदाहरणहरु छन् । अहिले पनि अवस्था तेस्तै छ परिवर्तन त भएको छ तर तेस्तो परिवर्तन पनि भएको छैन की यस विषयमा खुलेर कुरा गर्न सकुन ।

त्यस्तै अर्को सहभागि डिहबार युवा समुह गोलबजार २ का भुवनेश्वर दासले भने महिनाबारी हुदा ध्यान दीनु पर्ने कुराहरु र चाहिने पौष्टिक आहारको कमीले पनि पछि गएर समस्या निम्त्याउने गर्छन । जो प्रायः नजरअन्दाज गरी राखेको पाउछौं । यसको धेरैकारणहरु छन् जस्तै अशिक्षा, गरीबी, सामाजिक परम्परा र सोच पनि हो । त्यसैले यस्ता सोच र परम्परा अन्त्य गर्नु जरुरी रहेको बताए ।

कार्यक्रममा प्रथम पुरस्कार पाउने नगर स्तरीय किशोरी संजालकी सदस्य गोलबजार ११ बल्कावाकी आरती राय, त्यस्तै द्वितिय पुरस्कार श्री जनता चेतनशील बालक्लब गोलबजार ९ डण्डाकी सदस्य सपना पासमान, तथा तृतिय पुरस्कार किशोरी संजालकी सदस्य गोलबजार ८ की पुजा साहले पनएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

पालिकाको बेतिथी र भ् ...

रहमुल सिरहा ४ साउन । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका को बेतिथी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले ल ...

ग्यास सिलिन्डर विस्फ ...

लहान ४ साउन । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका १, जनका चौकमा शनिवार बिहान अचानक भएको आगलागिमा ग्या ...

मधेश प्रदेशका डिआईजी ...

रंजित चौरसिया,वीरगंज ४ साउन। नेपाल प्रहरी मधेश प्रदेश कार्यालयको नाममा प्रहरी बरिष्ठ हवलदार महिन्द्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१