Siraha Times
ताजा समाचार

राउ स्मारक अस्पतालमा लापरबाहीले बिरामीको मृत्यु

  • जेठ १०, २०८२
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १० जेठ । सिरहाको लहान स्थित रा.उ. स्मारक अस्पतालमा डाक्टरहरूको लापरबाहीका कारण सप्तरी पंसेराका एक बिरामीको मृत्यु भएको पीडित परिवार प्रमोद चौधरीको आरोप छ । पीडित पक्षले समयमा उपचार नपाउँदा ज्यान गएको बताउँदै अस्पताल प्रशासनविरुद्ध क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

मृतक प्रमोद चौधरीको बुवा सप्तरी खड़क नगरपालिका वडा नम्बर ४ निवासी ७० वर्षीय महि नारायण चौधरीका मृत्यु भएको हो । उनको उपचारका लागि शुक्रबार बिहान करिब ९ बजे अस्पताल ल्याइएको थियो। तर अस्पतालमा भर्ना प्रक्रियामा दुई घण्टा ढिलाइ गरिएको र समयमै उपचार नपाउँदा उनको मृत्यु भएको छोरा चौधरीको आरोप छ।

छोरा प्रमोद चौधरीको अनुसार “हामी बिहानै बिरामी लिएर आएका थियौँ, तर डाक्टरहरू समयमा आएनन् । भर्ना गर्नमै ढिलाइ गरियो। उपचार नै नगरी बुवाले ज्यान गुमाउनु पर्यो,” मृतकका छोरा प्रमोद चौधरीले भने, “हामी न्याय चाहन्छौं। अस्पतालको लापरबाहीका कारण बाबुको मृत्यु भयो बताएका छन। उनीहरूले अस्पताल प्रशासन बाट क्षतिपूर्ति र घटनामा संलग्न चिकित्सकहरूलाई कारबाही गर्न माग गरेका थिए ।घटनापछि अस्पतालमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ भने शान्ति सुरक्षा कायम राख्न इलाका प्रहरी कार्यालय लहानले अवस्था अनुगमन गरिरहेको जनाएको छ।

मृतकको शव नउठाउने भने पनि लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कानूनी कारवाही गर्ने सम्झौता शब करीब साझ ७ बजे परिवारले लगेको पीड़ितले बताए । पीडित परिवारको माग र अस्पताल प्रशासनको जवाफ सँगै यो घटना स्वास्थ्य सेवा क्षेत्रमा देखिएको लापरबाहीको पछिल्लो उदाहरण बनेको छ। नागरिक स्तरमा पनि स्वास्थ्यसंस्थाहरूको जवाफदेहीता माथी प्रश्न उठ्न थालेको छ भने अस्पताल भित्र चेन अफ कमान्ड निकै कमजोर रहेको व्यापक जनगुनासो रहेको देखिन्छ।

घटना सम्बन्धमा अस्पताल प्रशासन संग सम्पर्क गर्न खोज्दा न त कसैको फोन लाग्यो न त कोइ सम्पर्कमा आए। हुन अस्पतालले सेवा सुबिधामा वृद्धि त गरेकै हो तर पनि जुन हिसाबले सरकारको लगानी छ त्यस अनुसार सेवा प्रवाह भैनरहेको स्थानीयको दावी छ। बेलाबेलामा कुनै न कुनै घटना बाहिर भैरहेको कसै संग लुकेको छैन यस तर्फ ब्यबस्थापकको ध्यानाकर्षण हुन एकदम जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१