Siraha Times
ताजा समाचार

लहानमा दुईदिने कृषक अभिमुखीकरण तालिम

  • जेठ ९, २०८२
  • ११४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान ९ जेठ । सिरहा जिल्लाको लहान नगरपालिका–१३, पक्कीटोलमा कृषकहरूलाई लक्षित गरी आयोजित दुई दिने अभिमुखीकरण तालिम आज जेठ ९ गते सम्पन्न भएको छ। मिति २०८२ जेठ ३ र १० गतेसम्म सञ्चालन भएको सो तालिम कृषकहरूको कृषि ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रमको संयोजन मनोज कोइरालाको अध्यक्षतामा भएको थियो। तालिममा करिब ९५ जना कृषकहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएका छन्। तालिममा प्रमुख प्रशिक्षकका रूपमा अमीर लाल यादवले कीट नियन्त्रण, विषादी प्रयोगको सही तरिका, माटो परीक्षण तथा माटो संरक्षणका उपायहरूबारे विशद रूपमा प्रशिक्षण दिएका थिए।

तालिमको मुख्य उद्देश्य कृषकहरूलाई अत्यधिक विषादी प्रयोगले माटोको गुणस्तरमा परेको नकारात्मक असरबारे सचेत गराउनु तथा वैज्ञानिक तरिकाले कीट व्यवस्थापन गर्न प्रेरित गर्नु रहेको थियो। हाल कृषकहरूले सामना गरिरहेको उत्पादनमा गिरावट र माटोको उपजाउपनमा आएको कमीका कारण यस्तो तालिम आवश्यक भएको सहभागी कृषकहरूले बताएका छन्।

कार्यक्रममा कृष्ण कुमार महतो, मालविर यादव, ललिता कुमारी चौधरी, पनिया मण्डल, बासो महतो, पञ्ची देवी महतो, चन्द्रकला महतो, शिव कुमार मण्डल, अमिता कुमारी चौधरी लगायतका स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिमको क्रममा “जियो कृषि” प्रणालीबारे विशेष छलफल गरिएको थियो, जसले कृषकहरूलाई दीगो कृषि प्रणालीमा प्रोत्साहित गर्ने विश्वास गरिएको छ। यस किसिमको तालिमले स्थानीय कृषकहरूमा कृषि ज्ञानको विकास गर्दै व्यवहारिक सुधार ल्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१