Siraha Times
ताजा समाचार

लहान-३ ललकु माविमा नवनिर्मित भवन र मञ्चको मेयर चौधरीद्वारा उद्घाटन

  • जेठ ९, २०८२
  • ७५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, ९ जेठ । सिरहा जिल्लाको लहान नगरपालिका–३ मा अवस्थित ल.ल.कु. माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवन र मञ्चको शुक्रबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ। उद्घाटन समारोह लहान नगरपालिकाका मेयर महेश चौधरीले उद्घाटन गरे। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश कुशवाहाको अध्यक्षता रहेको थियो भने विभिन्न दलका स्थानीय नेतादेखि अभिभावक, शिक्षक, विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, नेपाली कांग्रेसका नेता फुलेश्वर महतो, नेकपा एमालेका नेता रामनारायण मेहता, वडा नं. ३ का अध्यक्ष रामदयाल महतो, लहान नगरपालिकाको शिक्षा शाखा प्रमुख अमिरी यादव, विद्यालयका प्रधानाध्यापक, शिक्षकगण तथा अभिभावकको सहभागिता रहेको थियो। मेयर महेश चौधरीले आफ्नो मन्तव्यमा विद्यालयको भौतिक पूर्वाधार सुधार र गुणस्तरीय शिक्षामा स्थानीय सरकारको प्रतिबद्धता पुनः दोहोर्‍याए। उनले विद्यालयमा हालै सुरु गरिएको अङ्ग्रेजी माध्यमको पठनपाठनप्रति प्रसन्नता व्यक्त गर्दै आगामी आर्थिक वर्षमा नयाँ चार कोठे भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए।

विद्यालयमा हाल १४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेसँगै विद्यार्थी संख्या थप बढ्ने अपेक्षा गरिएको छ। कार्यक्रममा वक्ताहरूले विद्यालयको विकासका लागि स्थानीय सरकार, समुदाय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको धारणा राखे। विद्यालय प्रशासनले नयाँ भवन र मञ्च निर्माणमा सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१