Siraha Times
ताजा समाचार

कृषक पाठशाला सम्बन्धि अभिमुखीकरण तथा योजना निर्माण कार्यशाला सम्पन्न

  • जेठ ९, २०८२
  • १२२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ जेठ । मधेस प्रदेशको सिरहास्थित लहानमा कृषक पाठशाला सम्बन्धि विशेष अभिमुखीकरण तथा योजना निर्माण कार्यशाला सम्पन्न भएको छ। राष्ट्रिय कृषक समूह महासंघ , मधेस प्रदेशको आयोजनामा र केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा रूपान्तरण परियोजना अन्तर्गत उक्त कार्यक्रम जेठ ८ गते लहानको सुर्या होटलमा सम्पन्न गरिएको हो।

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका सम्पूर्ण कर्मचारी , विभिन्न गाउँपालिकाका प्रतिनिधिहरू, कृषक अगुवाहरू तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विशेष रूपमा कृषक पाठशालाको अवधारणा, यसको कार्यान्वयन प्रक्रिया तथा पाठशाला संयोजकको भूमिका र जिम्मेवारीका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य कृषकलाई कृषि शिक्षा र प्रविधिबारे सशक्त र व्यवस्थित रूपमा जानकारी दिने उद्देश्यले सञ्चालित कृषक पाठशालाको निर्देशिका कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका सुनिश्चित गर्नु रहेको आयोजक संस्थाले जनाएको छ। कार्यशालामा सहभागी कृषक अगुवाहरूले कृषक पाठशालामार्फत किसानहरूले सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त गर्न सक्ने बताए। उनीहरूले कृषक पाठशाला स्थानीय तहको कृषि योजनामा पनि समावेश गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

त्यसैगरी, कार्यशालामा पाठशालाका संयोजकहरूको जिम्मेवारीबारे प्रस्ट पार्दै, उनीहरूले समुदाय स्तरमा नियमित कृषि सत्र सञ्चालन, सहभागी कृषकहरूको क्षमता अभिवृद्धि तथा समस्या समाधानमा अग्रसर भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिइयो। यस अभिमुखीकरण कार्यक्रममार्फत सहभागी सरोकारवालाहरूले आगामी दिनमा कृषक पाठशालालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रणनीति तथा कार्ययोजना निर्माण गरेका छन्। राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशका पदाधिकारीहरूले कार्यक्रममा प्राप्त सुझाव र योजनालाई आगामी गतिविधिहरूमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१