Siraha Times
ताजा समाचार

सिरहा प्रहरीले लागुऔषध र अबैध रकमसहित पाँच जना पक्राउ

  • जेठ ४, २०८२
  • ८७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेष्ठ ४ । सिरहा जिल्लामा लागुऔषध कारोबार र अवैध रकमको ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ परेकासँग ठूलो परिमाणमा लागुऔषध, नगद रुपैयाँ, मोबाइल फोन तथा अन्य प्रमाण बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार, २०८२ साल जेठ २ गते साँझ ६:३० बजे लहान नगरपालिका–१२ स्थित भोटिया चौकमा गुप्त सूचनाको आधारमा खटिएको प्रहरीको संयुक्त टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार लहान–२२ निवासी ३२ वर्षीय दिनेश कुमार यादव र उनकी २६ वर्षीया बहिनी किरण कुमारी यादवलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट २२.९० ग्राम खैरो हिरोइन, नगद ५१ हजार ४५० रुपैयाँ र एक थान मोबाइल बरामद गरिएको थियो। अनुसन्धानलाई अगाडि बढाउँदै प्रहरीले दिनेशको लहान–२२ स्थित घरमा छापा मार्दा थप १८६ ग्राम खैरो हिरोइन, नेपाली रुपैयाँ ५४ लाख १४ हजार २८५ र भारतीय रुपैयाँ ३५ हजार ७८० बरामद गरेको जनाएको छ। साथै, घरबाट मोबाइल चार थान र डिजिटल तराजु समेत फेला परेको छ।

त्यसैगरी, जेठ ३ गते बरियारपट्टी गाउँपालिका–३ चमार टोलबाट भारतको लदनिया हुँदै मोटरसाइकलमार्फत नेपाल प्रवेश गरेका २० वर्षीय कृष्ण कुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट ७१० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ। त्यसैदिन दिउँसो ३ बजे सिरहा नगरपालिका–२ महावीर चौक नजिकै चेकजाँचको क्रममा भारतको जयनगरबाट बसबिट्टा जाँदै गरेका ४५ वर्षीय संजय कारकलाई पक्राउ गरिएको छ। उनको शरीरमा बाँधिएको हरियो कपडा र 'क्नी ब्यान्डेज' भित्र लुकाइएको अवस्थामा नेपाली रुपैयाँ १६ लाख ३८ हजार ३७०, एक थान मोबाइल र मोटरसाइकल समेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै अभियुक्तलाई लागूऔषध तथा अवैध कारोबार सम्बन्धी विभिन्न कानुनी धारामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१