Siraha Times
ताजा समाचार

अर्नमा गाउँपालिकाले ११औँ गाउँ सभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम सार्वजनिक

  • जेठ ३, २०८२
  • ९६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान जेठ ३ । अर्नमा गाउँपालिका, सिरहाले आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो ११औँ गाउँ सभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। "शिक्षा, कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता, समृद्ध अर्नमा निर्माणमा हाम्रो प्रतिवद्धता" भन्ने मूल नारासहित सार्वजनिक गरिएको यो नीति तथा कार्यक्रमले गाउँको समग्र विकासको खाका प्रस्तुत गरेको छ ।

शिक्षा क्षेत्रमा विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई सतप्रतिशत नामांकन सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ । साथै, गुणस्तरीय निःशुल्क शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार तथा स्रोतको व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ । कृषि क्षेत्रको सन्दर्भमा आधुनिक कृषि प्रणालीको प्रवर्द्धन, किसानलाई सुलभ मल, बिउ विजनको सुनिश्चितता तथा कृषिमा सीप विकासका कार्यक्रमहरू समावेश गरिएका छन् । यस्ता कार्यक्रमले किसानहरूको उत्पादनशक्ति र आम्दानी वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले तोकेको निःशुल्क औषधी सेवा सहज ढंगले उपलब्ध गराउने र स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय बनाउने विषय नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरिएको छ । अर्नमा गाउँपालिकाको भौगोलिक, ऐतिहासिक, सामाजिक, धार्मिक र आर्थिक विकासलाई ध्यानमा राखी सम्पूर्ण क्षेत्र समेट्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको गाउँपालिकाले जनाएको छ।

सार्वजनिक कार्यक्रममा नागरिक समाजका अगुवा राम औतार यादवले नीति तथा कार्यक्रम समग्र रुपमा प्रभावकारी भएको भन्दै सफल कार्यान्वयनका लागि सुझाव दिए। खुला मञ्चमा सहभागी अन्य वक्ताहरुले समेत कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिँदै बजेट निर्माणमा सल्लाह सुझाव समावेश गर्न आग्रह गरेका थिए। कार्यक्रममा अर्नमा गाउँपालिका अध्यक्ष अशोक कुमार यादवले नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्दै समृद्ध अर्नमा निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गरे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका पदाधिकारी तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँपालिका उपाध्यक्ष शोभा कुमारी साहले स्वागत मन्तव्य दिँदै सहभागीप्रति धन्यवाद ज्ञापन गरेकी थिइन्। सिरहा जिल्लामा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पहिलो पालिका बनेको अर्नमा गाउँपालिकाको यो कदमलाई ऐतिहासिक उपलब्धि मानिएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१