Siraha Times
ताजा समाचार

ल.ना.कौ.ज.मा.वि. नहरा–रिगौलमा शैक्षिक वातावरण सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न, विद्यार्थीबाट महत्वपूर्ण सुझावहरू प्रस्तुत

  • जेठ २, २०८२
  • ८०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेठ २ । शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुशासित र सकारात्मक पठनपाठन वातावरण निर्माणका लागि लाहान नगरपालिका अन्तर्गत रहेको ल.ना.कौ.ज.मा.वि. नहरा–रिगौलमा विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरूले विद्यालयको शैक्षिक र भौतिक वातावरण सुधार गर्नका लागि विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले शिक्षक, कर्मचारी र विद्यार्थी सबैजना निर्धारित पोशाकमा विद्यालयमा उपस्थित हुनुपर्ने, विद्यालयको प्रार्थना सुरु हुनुभन्दा कम्तीमा पाँच मिनेट अगाडि नै विद्यालयमा पुग्नुपर्ने र सबै विद्यार्थीले आवश्यक शैक्षिक सामग्री साथमा ल्याउनुपर्ने सुझाव दिएका छन्।

विद्यार्थीहरूले नियमित कक्षा सञ्चालनको माग गर्दै शिक्षक तथा विद्यार्थी दुवै नियमित रूपमा विद्यालय आउनुपर्ने, शिक्षकहरूले समयमै कक्षामा प्रवेश गर्नुपर्ने र अनावश्यक रूपमा कक्षा बाहिर विद्यार्थीको समूह निस्कन नपाउने प्रावधान लागू गर्नुपर्ने बताएका छन्। पढाइ नभएको समय स्व-अध्ययनमा प्रयोग गर्नुपर्ने, कक्षाकोठा र विद्यालय परिसरको सरसफाइमा ध्यान दिनुपर्ने र फोहर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था आवश्यक रहेको उनीहरूको भनाइ छ। साथै, झगडा, गालिगलौज, जिस्क्याउनेजस्ता अराजक गतिविधि विद्यालय परिसरमा पूर्णरूपमा निषेध गर्नुपर्ने माग पनि गरिएको छ।

शारीरिक पूर्वाधारको सुधारको सन्दर्भमा विद्यार्थीहरूले कक्षाकोठामा सिलिङ फ्यान जडान गर्नुपर्ने, झ्याल ढोका जोगाउनुपर्ने तथा सौचालयको सरसफाइसँगै पानीको पर्याप्त व्यवस्था हुनुपर्ने बताएका छन्। अनुशासन र व्यक्तिगत स्वच्छतामा जोड दिँदै छात्रहरूले कपाल छोटो राख्नुपर्ने, विद्यालयमा मोबाइल प्रयोग निषेध गर्नुपर्ने र शिक्षकले पनि कक्षामा मोबाइल नचलाउनुपर्ने सुझाव दिएका छन्। त्यस्तै, विद्यालयभित्र गुट्खा, पराग, सुर्तीजन्य पदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाइनुपर्नेमा उनीहरूले जोड दिएका छन्। विद्यार्थीहरूले अनुशासन, गुरुजनको सम्मान तथा गृहकार्य समयमै पुरा गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, शिक्षकहरूले विद्यार्थीहरूलाई बारम्बार सम्झाएर पढाउनु पर्ने र उनीहरू माथि अत्यधिक रिस प्रकट नगर्न आग्रह गरेका छन्।

कार्यक्रमको समापनमा सहभागीहरूबीच प्रस्तुत सुझावहरूलाई संस्थागत रूपमा कार्यान्वयन गर्न आवश्यक थप छलफल अर्को बैठकमा गरिने जानकारी गराइएको थियो। विद्यालय प्रशासनले विद्यार्थीहरूको सुझावलाई सकारात्मक रूपमा लिएको र सुधारका लागि आवश्यक कदम चालिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

भारततर्फ तस्करी गर्न ...

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१