Siraha Times
ताजा समाचार

लहान नगरपालिकाका विद्यालयमा सिलिङ पंखा जडान सुरु, ३३० थान पंखा वितरण

  • जेठ २, २०८२
  • ८३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ २ ।  गर्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा सिलिङ पंखा जडानको काम सुरु गरेको छ। गर्मीका कारण कक्षामा बस्नै नसक्ने अवस्था देखिएपछि नगरपालिकाले विद्यालयमा शैक्षिक वातावरण सुधार गर्न पंखा जडानको अभियान थालेको हो।

लहान नगरपालिकाका मेयर महेश चौधरीका अनुसार विद्यालयका प्रधानाध्यापकहरूलाई कक्षाकोठाको संख्याका आधारमा पंखा वितरण गरिएको छ। मेयर चौधरीले जानकारी दिँदै भने, “विद्यार्थीलाई सहज वातावरणमा पढ्न सक्ने बनाउने उद्देश्यले पहिलो चरणमा ३३० थान सिलिङ पंखा वितरण गरेका छौं।”

लहान नगर क्षेत्रमा हाल ५९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये १७ वटा माध्यमिक विद्यालय र ४२ वटा आधारभूत विद्यालय रहेका छन्। अधिकांश विद्यालयमा कक्षाकोठा त भए पनि आवश्यक भौतिक पूर्वाधारको अभावका कारण गर्मी मौसममा पठनपाठन प्रभावित हुँदै आएको थियो। धेरै विद्यालयमा पंखाको व्यवस्था नभएको कारण विद्यार्थीले कक्षा नै छाड्ने अवस्था आइपरेको थियो।

“अब प्रत्येक कक्षामा कम्तीमा एक वटा पंखा हुने व्यवस्था मिलाइँदैछ,” मेयर चौधरीले भने, “एक कक्षा, एक पंखा भन्ने नीतिअनुसार वितरण सुरु गरेका छौं।” नगरपालिकाले पहिलो चरणपछि बाँकी कक्षाकोठामा पनि क्रमशः पंखा उपलब्ध गराउँदै लैजाने योजना बनाएको छ। स्थानीय तहबाट विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि चालिएको यो कदमप्रति अभिभावक तथा विद्यालय परिवारले सकारात्मक प्रतिक्रिया दिएका छन्।

स्थानीय शिक्षकहरुका अनुसार पंखा जडानसँगै कक्षाकोठामा तापक्रम कम भई विद्यार्थीको ध्यान पढाइमा केन्द्रित हुन थालेको छ । गर्मीबाट राहत पाएपछि पठनपाठनमा सुधार आउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१