ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज, संस्कृति र परिवेशबारे प्रारम्भिक तहबाट नै जानकारी दिनका लागि नवराजपुर गाउँपालिकाले कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीका लागि स्थानीय पाठ्यपुस्तक 'हमर नवराजपुर' लागू गरेको छ। यस अभियान अन्तर्गत गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई उक्त पुस्तक वितरण गरिएको छ। वितरणसंगै पाठ्यपुस्तकलाई नियमित पठनपाठनमा समावेश गर्न निर्देशनसमेत दिइएको छ। गाउँपालिकाले शैक्षिक सत्र २०८१ देखि नै 'हमर नवराजपुर' पाठ्यपुस्तकलाई पाठ्यक्रममा लागू गर्ने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष तथा शिक्षा शाखाका प्रमुखले विद्यालयमा स्थानीय जनजीवन, परम्परा, भाषा, इतिहास तथा भौगोलिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले यो पुस्तक निर्माण गरिएको जानकारी दिए। पुस्तकमार्फत विद्यार्थीहरूलाई बाल्यकालदेखि नै आफ्नो पहिचान र थलोको ज्ञान बढाउने लक्ष्य लिएको छ। "विद्यार्थीहरूलाई बाह्य ज्ञानसँगै आफ्नै समाजबारे पनि सचेत गराउनु आवश्यक छ। यसले उनीहरूमा गाउँको माया र जिम्मेवारी दुबै भावना जागृत गराउनेछ," गाउँपालिका अध्यक्षले बताउनुभयो।
स्थानीय शिक्षक, अभिभावक र बालविकास विज्ञहरूको समन्वयमा तयार पारिएको यो पाठ्यपुस्तकमा नवराजपुर गाउँपालिकाको ऐतिहासिक, सामाजिक, साँस्कृतिक तथा प्राकृतिक विविधतालाई समेटिएको छ। विद्यालयहरूले अबदेखि हप्तामा कम्तीमा दुई घण्टा 'हमर नवराजपुर' विषयलाई अनिवार्यरूपमा पठनपाठनमा समावेश गर्नुपर्नेछ। उक्त कार्यान्वयनले शिक्षण सिकाइलाई प्रभावकारी बनाउने गाउँपालिकाको विश्वास छ।
प्रतिक्रिया दिनुहोस
भगवानपुर सबस्टेसन बाट विद्युत् आपूर्तिमा बारम्बार अवरोध, कमसल उपकरण र हस्तान्तरण नहुँदा स्थानीय आक्रोशित
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic