ताजा समाचार

सिरहाका ट्राफिक प्रहरीमाथि घुस लिएको आरोप, प्रहरी भन्छन् – “चिट काटिएको पैसा हो, घुस हैन”

  • वैशाख २९, २०८२
  • १००७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्रु र सवारी चालकसँग मासिक रकम असुल्ने कार्यमा संलग्न रहेको भन्दै सिरहामा गम्भीर आरोपहरू लागिरहेका छन्। माडर क्षेत्रमा चल्ने म्याजिक सवारीसाधनका साहु तथा चालकहरूबाट मासिक ‘सेवा शुल्क’ लिने, तथा भारतको जयनगरबाट तरकारी बोकेर आउने ओभरलोड मोटरसाइकल चालकहरूबाट समेत मासिक घुस लिने गरेको स्थानीयको आरोप छ। स्थानीय बासिन्दाहरूका अनुसार सिरहा–चोहर्वा सडक खण्डमा दैनिक ८–१० वटा ओभरलोड मोटरसाइकल निर्वाध रूपमा आवत–जावत गरिरहेका छन्, तर उनीहरूबाट कहिल्यै चिट नकटाइने गरेको जनाइएको छ।

“सामान्य यात्रुले नियम उल्लंघन गर्‍यो भने तुरुन्त कारबाही हुन्छ, तर ठूला अनियमितता हुने गाडीहरू सजिलै छुटाइन्छ,। तर ट्राफिक प्रहरी पक्षले यी सबै आरोपलाई अस्वीकार गरेका छन्। प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा देखाइएको पैसा ‘चिट काटिएको’ रकम हो, घुस होइन। “हामीले सहजता प्रदान गर्न सहजीकरण मात्रै गरेका हौं। कुनै किसिमको घुस लिएको होइन,” सिरहा ट्राफिक प्रहरी स्रोतले स्पष्ट पारे। उनले थपे, “नियमविपरीत सवारी चलाउनेलाई कारबाही गरिन्छ। तर आरोप जाँचबिना लगाइँदा हाम्रो मनोबल गिराउने काम हुन्छ।

” तर स्थानीय बासिन्दाहरू भने ट्राफिक कार्यालयको जवाफप्रति असन्तुष्टि जनाउँदै निष्पक्ष छानबिनको माग गरिरहेका छन्। उनीहरूले सम्बन्धित निकायले घटनाबारे गम्भीरताका साथ अध्ययन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताउँछन्। ट्राफिक प्रहरीमाथि उठेका यस्ता आरोपले सिरहाको ट्राफिक प्रशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। अब सम्बन्धित निकायको जवाफ र कार्यवाही प्रतीक्षा योग्य बन्न गएको छ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤