Siraha Times
ताजा समाचार

धनगढीमाई नगरपालिका–२ मा १५ शैयाको आधुनिक स्वास्थ्य चौकी निर्माण हुने

  • वैशाख २८, २०८२
  • १०२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, २८ वैशाख। धनगढीमाई नगरपालिका–२ मा १५ शैयाको सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुने भएको छ। स्थानीय समाजसेवी मो. जिवरिल मियाँले आफ्नी श्रीमती जहिदा खातुनको नाममा रहेको ७ कठ्ठा निजी नामसारी जग्गा स्वास्थ्य चौकी निर्माणका लागि दान दिएपछि यो सम्भव भएको हो। वडाध्यक्ष हमिद मियाँका अनुसार स्वास्थ्य चौकी निर्माणको लागि उक्त जग्गा निशुल्क प्रदान गरिएको हो।

स्वास्थ्य चौकी निर्माणका लागि नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र यादवको पहलमा संघीय सरकारबाट ४० लाख रुपैयाँको बजेट विनियोजन भएको छ। सभापति यादवले यस परियोजना उपभोक्ता समिति मार्फत सञ्चालन हुने जानकारी दिँदै हालैको आर्थिक वर्षको मसान्तभित्रै निर्माण कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाएका छन्।

वडाध्यक्ष हमिद मियाँका अनुसार यो अस्पताल हिन्दु र मुस्लिम दुवै समुदायका नागरिकहरूलाई समान रुपमा सेवा दिनेछ। उनका अनुसार वडाभित्र रहेका अन्य विकास परियोजनाहरूसमेत सँगै अघि बढाइएका छन्, जसमा वडा नं. २ र ७ मा स्वास्थ्य चौकी निर्माण, १० वटा इनार निर्माण, ठुलो डिप बोरिङ्ग, निजी लगानीमा सडक मर्मत तथा विद्युतीकरणका कार्यहरू समावेश छन्।

जग्गादाता मो. जिवरिल मियाँका अनुसार सामाजिक सद्भाव र धार्मिक एकता कायम राख्न आफूले जग्गा दान गरेका हुन्। उनका अनुसार उनले ५ विघा जग्गामध्ये ७ कठ्ठा स्वास्थ्य सेवाका लागि छुट्याएका छन्। “हामी पाँच छोराछोरीको भविष्य हेरेर होइन, समाजको सेवा हेरेर अघि बढेका हौं,” मियाँले भने। उनका अनुसार मुस्लिम बाहुल्यता रहेको वडामा स्वास्थ्य सेवाको पहुँच बढाउन यस्तो कदम चालिएको हो। हाल वडा नं. २ मा झन्डै २ सय मुसलिम घरधुरी छन्।

स्वास्थ्य चौकीसम्म सहज पहुँचका लागि स्थानीयवासीहरूले बाटोसमेत छुट्याएका छन्। १६ फिट चौडाइको बाटो निर्माणका लागि हसिरन खातुन, मो. नसरुदिन, सुक्नी मियाइन, पलास देवी राय, पुनिता देवी राय र राजेन्द्र गिरीले आफ्नो जग्गाबाट बाटो दिन सहमति जनाएका छन्। वडाध्यक्ष मियाँका अनुसार सबै जग्गादाताहरूले लिखितरुपमा सहमति पत्रमा सही छाप गरिसकेका छन्।

वडाध्यक्ष मियाँले आगामी दिनमा स्वास्थ्य चौकीलाई क्रमशः थप सेवा विस्तार गरी स्तरीय अस्पतालमा रूपान्तरण गर्ने योजना रहेको बताए। “हामी सबै समुदायको हितका लागि सेवा अभिवृद्धि गर्दै जान्छौं,” उनले भने।

यस परियोजनाले स्थानीयमा ठूलो उत्साह र सहकार्यको भावना जागेको छ। हिन्दु-मुस्लिम एकता, सामाजिक सद्भाव र सहकार्यका लागि यो परियोजना एक महत्वपूर्ण उदाहरण बनेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१