Siraha Times
ताजा समाचार

सिरहाको ठाडी–अभयनगर सडक स्तरोन्नति कार्य सुरु, स्थानीयवासी हर्षित

  • वैशाख २३, २०८२
  • १०३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान वैशाख २३ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीदेखि अभयनगरसम्मको जिर्ण अवस्थामा रहेको सडकको स्तरोन्नति कार्य आजदेखि विधिवत रूपमा सुरु भएको छ। मधेश प्रदेश सरकारको बजेटमार्फत प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) का माननीय सांसद राजकुमार गुप्ताको पहलमा यो स्तरोन्नति कार्य थालिएको हो। विगत केही वर्षदेखि अत्यन्तै खराब अवस्थामा रहेको यो सडक स्थानीयवासीको प्रमुख जनअपेक्षा मध्येको एक मानिन्थ्यो। वर्षामा हिलो र गर्मीमा धूलोका कारण दैनिक आवतजावतमा कठिनाइ भोग्दै आएका सर्वसाधारण अब भने सहज यातायात सुविधा पाउने आशामा हर्षित देखिएका छन्।

सडक स्तरोन्नति कार्यको शिलान्यास एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो। कार्यक्रममा भगवानपुर गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार यादवको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि प्रदेशसभा सांसद राजकुमार गुप्ता रहेका थिए। कार्यक्रममा बोल्दै सांसद गुप्ताले जनताको दीर्घकालीन मागलाई सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताए। उनले भने, “जनताको सरोकारका विषयमा काम गर्नु हाम्रो दायित्व हो। यो सडक निर्माणले यहाँको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। वडाध्यक्ष यादवले सडक निर्माणप्रति स्थानीयको साथ र सहकार्य जरुरी रहेको उल्लेख गर्दै कार्य समयमा गुणस्तरीय निर्माण हुनेमा आश्वस्त पार्नुभयो। स्थानीयवासीहरुले वर्षौंको पीडा अन्त्य हुन थालेको भन्दै प्रदेश सरकार र सांसद गुप्ताप्रति आभार व्यक्त गरेका छन्। सडक स्तरोन्नतिपछि ठाडी, अभयनगर तथा आसपासका बस्तीहरुबीच यातायात सञ्जाल सुदृढ हुने तथा दैनिक जीवन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१