लहान–२२ मा ४७ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण

  • वैशाख २२, २०८२
  • ७३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान वैशाख २२ । लहान नगरपालिका–२२ मा सोमबार ४७ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण गरिएको छ। स्थानीय तहको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक महिनाको २२ गते सञ्चालन गरिँदै आएको राहत वितरण कार्यक्रमअनुसार यो वितरण गरिएको हो। पोषण प्याकेज वितरण कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्य रहेको थियो। मेयर चौधरीले लाभग्राही महिलाहरूलाई चामल १० किलो, दाल १ किलो, चना १ किलो, मटर १ किलो, नुन १ किलो र तेल १ लिटरका दरले पोषण सामग्री हस्तान्तरण गरे।

कार्यक्रममा लहान–२२ का वडा अध्यक्ष श्याम कुमार अधिकारी, स्वास्थ्य चौकी प्रमुख विजय कुमार महतो, शाखा प्रमुख बिन्देश्वर यादव, स्थानीय पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। स्वास्थ्य चौकी प्रमुख महतोका अनुसार मेयर चौधरीले आफ्नो व्यस्त समय व्यवस्थापन गर्दै सामाजिक सेवामा निरन्तर सक्रियता देखाउँदै आएका छन्। “गरिब, दलित तथा विपन्न वर्गको घरदैलोमा पुगेर सेवा दिने परिपाटीलाई मेयर चौधरीले निरन्तरता दिँदै आएका छन्,” महतोले बताए।

मेयर चौधरीले पोषण प्याकेजले सबै आवश्यकता नपुगे पनि सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ल्याउने, चिकित्सकसँग परामर्श गराउने अवसर प्राप्त हुनु नै ठूलो उपलब्धि भएको बताए। “गर्भमा रहेको शिशुको समुचित विकास तथा आमाको सशक्तिकरणका लागि यस्ता कार्यक्रमले जनचेतना फैलाउने काम गर्दै आएको छ,” उनले भने। राहत कार्यक्रमबाट लाभान्वित महिलाहरूले सामग्री पाएपछि खुसी व्यक्त गरेका थिए। उनीहरूले स्थानीय तहबाट यस्तो खालको सहयोगले आर्थिक बोझ कम हुनुका साथै स्वास्थ्य सचेतना पनि बढेको बताए। लहान नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१