Siraha Times
ताजा समाचार

नवराजपुर गाउँपालिकाले ल्यायो कडा आर्थिक कार्यविधि, सार्वजनिक जग्गा अतिक्रमण र फोहोर फाल्नेलाई जरिवाना

  • वैशाख २२, २०८२
  • ९०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

Translator
 
 
 

 

रहमुल लहान वैशाख २२ । नवराजपुर गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण, जथाभावि फोहोर फाल्ने, छाडा चौपाया छाड्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने लगायतका अव्यवस्थित गतिविधि नियन्त्रण गर्न आर्थिक कार्यविधि २०८१ जारी गरेको छ। उक्त कार्यविधिको अनुसूची १३ मा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई जरिवाना, दण्ड तथा जफत सम्बन्धी स्पष्ट कानुनी प्रावधानहरु समावेश गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

अनुसार, सार्वजनिक स्थल तथा सडकको जग्गा अतिक्रमण गरेमा पहिलोपटक १० हजार रुपैयाँ जरिवाना लाग्नेछ भने पुनः अतिक्रमण गरेमा १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। साथै, सार्वजनिक जग्गामा बनाइएका भौतिक संरचना हटाउने खर्च समेत सम्बन्धित व्यक्ति वा निकायबाट असुल गरिने व्यवस्था गरिएको छ। तर, सार्वजनिक जग्गामा विगतदेखि बसोबास गर्दै आएका भूमिहीन व्यक्तिहरुलाई भने अस्थायी राहत दिइएको छ। गाउँपालिकाले उनीहरुको बसोबास स्थलबाट जबरजस्ती हटाउने छैन र उनीहरुको लागि वैकल्पिक व्यवस्था नहुञ्जेल कार्यविधि लागू नहुने स्पष्ट पारेको छ।

सार्वजनिक स्थल तथा सडकमा जथाभावि फोहोर फालेमा ५ सयदेखि २५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। त्यस्तै, छाडा पशु चौपाया सम्बन्धी कारणले कुनै क्षति भएमा त्यसको क्षतिपूर्ति पनि पशुपालक व्यक्तिले नै बेहोर्नुपर्नेछ। गाउँपालिकाले व्यक्तिगत घटना दर्ता प्रक्रियालाई पनि व्यवस्थित बनाउने प्रयास गरेको छ। कार्यविधिअनुसार, ३५ दिनभित्र गरिने घटना दर्ता निःशुल्क हुनेछ भने निर्धारित समयावधिपछि दर्ता गराएमा ५० रुपैयाँ जरिवाना लाग्नेछ।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा कडा सजायको व्यवस्था गरिएको कार्यविधिमा उल्लेख गरिएको छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना लाग्नेछ। गाउँपालिका अध्यक्ष शिव उदगार यादवले आर्थिक कार्यविधिको प्रभावकारी कार्यान्वयनमा कुनै कसर बाँकी नराखिने स्पष्ट पारेका छन्। उनले भने, "यहाँ सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या बढी छ। अब आर्थिक कार्यविधि ल्याइसकेपछि यो समस्या समाधान हुने विश्वास छ।"

गाउँपालिकाले यस कार्यविधिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न निगरानी समिति गठन गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने र स्थानीय नागरिकलाई जानकारी गराउने प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१