Siraha Times
ताजा समाचार

१५ दिने चप्पल बनाउने सीप विकास तालिमको भव्य उद्घाटन सम्पन्न

  • वैशाख १५, २०८२
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 

 

ओम प्रकाश यादव लहान वैशाख १५ ।  नवराजपुर गाउँपालिकामा पहिलो पटक चप्पल बनाउने १५ दिने सीप विकास तालिमको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नवराजपुर गाउँपालिका अन्तर्गत जगतपुर फुलबरिया बिचमा अवस्थित थानचोकस्थित ग्रामीण भवनमा सम्पन्न भएको हो।

उक्त तालिममा नवराजपुर ३ का वडा अध्यक्ष बंसी लाल यादव तथा जनमत पार्टीका वडा कमिटी अध्यक्ष राम सुरेश यादव र जनमत पार्टीका गाऊं पालिका अध्यक्ष सुमन यादवको उपस्थितिमा संचालनमा आएको हो। सीपमूलक तालिमले यहाँका स्थानीय युवाहरुलाई स्वरोजगारमुखी बनाउने लक्ष्य लिएको आयोजकले बताएका छन्।

उद्घाटन समारोहमा बोल्दै माननीय संजय यादवले भने, "हाम्रो प्रयास सदैव यहाँका युवाहरुलाई रोजगारीमूलक सीप प्रदान गरेर आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित छ। आजको तालिम भविष्यमा यहाँका धेरै युवाहरुको जीवन परिवर्तन गर्ने विश्वास लिएको छु।"

त्यस्तै, प्रत्यासी उम्मीदवार राम सुरेश यादवले स्थानिय स्तरमै रोजगारी सिर्जना गर्न यस्ता सीप विकास कार्यक्रमको आवश्यकता झन् बढिरहेको बताए। इन्जिनियर सुमनले पनि तालिमप्रति पूर्ण प्रतिबद्धता जनाउँदै सहभागीहरुलाई प्राविधिक ज्ञानमा दक्ष बनाउन सघाउने वचन दिए।

१५ दिनसम्म सञ्चालन हुने तालिममा सहभागी युवाहरुलाई चप्पल डिजाइन, काटन, जोड्ने र तयार गर्ने सम्पूर्ण प्राविधिक सीप सिकाइनेछ। तालिम सकिएपछि सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिनेछ, जसले उनीहरुलाई स्वरोजगार तथा विभिन्न उद्योगहरूमा काम पाउने अवसर थप सजिलो बनाउनेछ।

प्रतिक्रिया दिनुहोस

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

भारततर्फ तस्करी गर्न ...

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१