काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाल देशभर लोडसेडिङ नभएको र आगामी दिनहरूमा पनि घरायसी उपभोक्ताहरूलाई लोडसेडिङको सामना गर्नु नपर्ने स्पष्ट पारेको छ । प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र अतिरञ्जित हल्ला विरुद्ध गम्भीर ध्यानाकर्षण गर्दै, यी सबै भ्रम रहेको जनाएको छ ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै भनेको छ कि अहिले लोडसेडिङ नभएको र यस प्रकारको आपूर्ति समस्या भविष्यमा पनि नआउने छ । प्राधिकरणले सबैलाई सचेत गराउँदै सामाजिक सञ्जालमा फैलिएका गलत समाचार र हल्लाबाट भ्रमित नहुन आग्रह गरेको छ । प्राधिकरणका अनुसार, अहिले नेपालमा विद्युत् उत्पादन क्षमता ३,५१२ मेगावाट पुगेको छ । यसमा प्राधिकरणका स्वामित्वमा रहेका जलविद्युत आयोजनाबाट ६६२ मेगावाट, सौर्य ऊर्जा स्रोतबाट २५ मेगावाट, तापीय ऊर्जाबाट ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट र निजी क्षेत्रबाट उत्पादित २,१४९ मेगावाट विद्युत् समावेश छ । यसरी देशभर विद्युत् आपूर्ति सुदृढ भएको र लोडसेडिङको सम्भावना नरहेको प्राधिकरणले पुष्टि गरेको छ ।
हालका समयहरूमा आन्तरिक उत्पादन औसतमा १,१७५ मेगावाट छ, जबकि विद्युत्को उच्चतम माग ९पिक लोड० २,०७७ मेगावाट पुगेको छ । यसमा १,५९३ मेगावाटको उत्पादन नेपालभित्रै सम्भव भएको छ र बाँकी ४८४ मेगावाट भारतबाट आयात गरिन्छ । भारतसँगको आपूर्ति सञ्जाल राम्रोसँग सञ्चालन भइरहँदा विद्युत् आपूर्तिमा कुनै ठूलो अवरोध आएको छैन । नेपाल विद्युत् प्राधिकरणका अनुसार, गर्मी याम सुरु भएसँगै भारतमा विद्युत्को मागमा वृद्धि आएको छ । यसले गर्दा रातको समयमा विद्युत् आयातमा केही चुनौतीहरू उत्पन्न भएको भए पनि प्राधिकरणले घरायसी उपभोक्तालाई २४ घण्टा विद्युत् आपूर्ति गर्दै आएको छ । उद्योगहरूले पनि अधिकांश समयमा विद्युत् प्राप्त गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic